सिजन मिडियाको १० औं वार्षिक उत्सव, सम्मान र फेसन शोको रौनक ।

 मङ्लबार, साउन २२, २०७५ | onlinenews

काठमाडौं – पूर्व मिस नेपाल सुभेच्क्षा खड्का, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, वरिष्ठ पत्रकार डब्बु क्षेत्री लगायत करिब दर्जन ब्यक्ति एकसाथ सम्मानीत भएका छन् ।
सिजन मिडियाले आफ्नो १० औं बार्षिक उत्सवको अवसर पारेर राजधानीको सिडब्लु रेष्टुरेन्ट दरबारमार्गमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो ।
कार्यक्रममा सुभेच्क्षा खड्का, रोजीन शाक्य, मिस इन्डिया सव कन्टिनेन्ट उप–विजेता नीतिका कर्मचार्य, मिस वल्र्ड डाइभरसीटी विजेता युनीता कर्मचार्य, समाजसेवी तथा मिस इकलेज २०१३ उप विजेता नेहा पोखरेललाई ‘सिजन मिडिया मनोरञ्जन र सौदर्य सम्मान २०१८’ प्रदान गरियो ।
रंगपत्रकार डब्बु क्षेत्री र कुबेर गिरीलाई ‘सिजन मिडिया मनोरञ्जन र सौदर्य पत्रकारिता सम्मान २०१८’ द्धारा सम्मानित हुँदा ह्वाइहाउस

10th year’s anniversary Celebration to Season Medial. 2075-04-20

इन्टरनेशनल कलेजका प्रिन्सीपल युवराज शर्मा, अक्षरा स्कूलकी प्रिन्सीपल अञ्जु भट्टराई, नेपाल प्रहरी स्कूल सांगाका प्रिन्सीपल नविनमान श्रेष्ठ, शुभतारा स्कूलका शिक्षक प्रेम गुरुङ ‘सिजन मिडिया शिक्षा सम्मान २०१८’ सम्मानित भए ।
सम्मानित सबैलाई उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन ‘अनन्त’ले माला, दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरे ।
कार्यक्रममा मन्त्री पुनले राजनीति भन्दा फरक काममा जोडीन पुगेकोमा नौलो अनुभव भएको बताए । सौदर्यबाट पनि देशलाई बिदेशमा चिनाउन सकिने धारणा मन्त्री पुनले राखेका थिए ।
सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले १० वर्षको कार्यक्रम मनाउन पाउदा साहै खुसी लागेको बताए । उनले दशबर्षको यात्रामा आपूmलाई सहयोग गर्ने सल्लाह दिने सबैमा न्यानो माया समेत ब्यक्ति गरे ।
‘कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समय देखि सेवा दिने, पत्रकारिता गर्न, तथा सौदर्यको माध्यमबाट देशको नाम बिदेशसम्म पु¥याउनेलाई सम्मान गर्न पाउँदा खुसी लागेको वताए ।
सिजन मिडया मार्फत स्कुल तथा कलेजमा अध्ययनरत छात्र छात्राहरुलाई लक्षित गरि शिक्षा, मनोरन्जन, खेलकुद र सौन्दर्यको माध्ययवाट उनीहरुको व्यक्तिव विकास, भाषण कला, नेतृत्वदायी क्षमताको विकास, अनुसासन ,आन्तरीक कला प्रर्दशन र उच्च शिक्षामा सहयोगीको भूमिका खेल्दै वार्षिक रुपमा ६ ओटा सौन्दर्य प्रतियोगीता र अन्य मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
कार्यक्रममा सिजन मिडियाले अवको दिनमा प्सटु कलेजका छात्रहरुलाई लक्षित गरि कलेज हेन्डसम लगयात खेलकुद विधातर्फ मध्यनजर गर्दै इन्टर कलेज प्लस टु फुटसल टुर्नामेन्ट आयोजना गर्ने घोषणा समेत गरियो ।
एजुकेशन एण्ड व्यूटी मासिक पत्रिका नियमित रुपमा प्रकासन गर्ने र एजुकेशन एण्ड व्युटी कार्यक्रम पनि टेलिभजन मार्फत छिटैं प्रसारण गर्ने योजनामा आगामी दिनमा मिडियाले बनाएको छ ।
कार्यक्रममा सिजन मिडियाबाट बिभिन्न समयमा आयोजित सौदर्य प्रतियोगीताका बिजेताहरु साथै नेपाल एयर होस्टेस एकाडमीमा अध्ययन रत विद्यार्थीहरुले बिभिन्न थिममा फेसन समेत ¥्याम्पमा प्रस्तुत गरेका थिए । सम्मान र फेसन शोले भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रंगिन बनेको थियो ।
कार्यक्रममा मिडियाको १०औं बर्ष पुगेको उपलक्ष्यमा केक समेत काटिएको थियो ।

10th year’s anniversary Celebration to Season Medial. 2075-04-20

NAA Trainees at the ramp in the sister company season media 10th anniversary celebration .

प्रतिकृया

Add