निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो नगरपालिकाको भवन्

 बिहिबार, साउन २४, २०७५ | onlinenews

राजिव कार्की


रामेछाप- रामेछापको रामेछाप नगरपालिकाको नबनिर्मित आठ कोठे पक्की भवन बनाई नसक्दै भत्किन थालेको छ । २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुनकोशि कन्स्ट्रक्सन कम्पनिले नगरपालिकाको भवन निर्माणको जिम्मा लिएको थियो । २०७३ सालको साउन १५ गते काम सुरु गरेको सो कम्पनीले नगरपालिकालाई भवन हस्तान्तरण नगर्दै भत्किन थालेको हो । रामेछापको विचवजारमा निर्माण भईरहेको भवनको पछाडिपट्टिको पेटि र रिटेनिङ वाल भत्किन थालेको छ ।भवनको पेटि चर्किएर गाह्रो छोडेसंगै नवनिर्मित भवन जोखिममा परेको नगरपालिकाका ईन्जिनियर कुसुम भट्टराईले बताए । गुणस्तरहिन सामग्रीको प्रयोग र ठेकेदारको लापरवाहिकै कारण निर्माणधिन भवन चर्किएको उनको भनाई छ । नगरपालिकाकी उप–प्रमुख सिर्जना खड्काले पनि हस्तान्तरणको समय नजिकिदै गर्दा भवन चर्किनु दुखद भएको बताईन् ।
०७५ श्रावण १५ मा २ वर्षको सम्झौता अवधि सकिएपनि निर्माण कम्पनीले भवन हस्तान्तरण गरेको छैन्् । १ करोड ३१ लाख १९ हजार २ सय २७ रुपैयामा निर्माणको जिम्मा लिएको कम्पनीले भवन निर्माणको काम ९० प्रतिशत सकिएको दावी गरेको छ । बाँकी काम छिटै सकेर भवन हस्तान्तरण गर्ने कम्पनीको योजना छ । आफ्नै भवन नहुँदा हाल रामेछाप नगरपालिका भाडाको घरबाट सन्चालन हुदै आएको छ ।

प्रतिकृया

Add