सञ्चालनमा नआउँदै भत्कियो धारा

 शुक्रबार, साउन २५, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–२ र लिखु तामाकोशी गाउँपालिका–७ का २७ घर धुरीलाई पानी खुवाउने उद्देश्यले निर्माण गरिएको ट्यांकी तथा धाराहरु सञ्चालनमा नआउँदै भत्किन थालेका छन् ।
भूकम्प पछिको पुनःनिर्माण कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाई डिभीजन कार्यालयद्धारा उपभोक्ता समिति मार्फत निर्माण गरिएको खानेपानीको ट्यांकी तथा धाराहरु सञ्चालनमा नआउँदै भत्किन थालेका हुन् ।
६५ लाखको जोडी दोभान बान्द्रे जल आपूर्ति परियोजना मार्फत मन्थली नगरपालिका–२ को १८ घर र लिखु तामाकोशी गाउँपालिका–७ का ९ घरलाई खानेपानी सुविधा पु¥याउँने उद्देश्यले ट्यांकी तथा धाराहरु निर्माण गरिएको हो ।
स्टामेट अनुसारको गुणस्तरीय निर्माण सामाग्री प्रयोग नगरिएकाले निर्माण कार्य सम्पन्न नभइसक्दै भत्किएको पुनःनिर्माण प्राधिकरण अन्तर्गत रामेछापका इन्जीनियर रोषणकुमार यादवले बताए ।
निर्माण भएर प्रयोगमा समेत नआएका ट्याङकी तथा धाराहरु तत्कालै मर्मत गर्नु पर्ने अवस्था रहेको छ । तत्कालै मर्मत गर्न सके निर्माण भएका ट्यांकी जोगाउँन सकिने अन्यथा भत्किएर छिट्टै ध्वस्त हुने इन्जीनियर यादवको भनाई छ ।
उपभोक्ता समितिले ट्यांकी निर्माण गर्ने दक्ष कामदार नपाएपछि ट्यांक निर्माणको लागि निर्माण ब्यवसायि कुशहरी बुढाथोकीलाई जिम्मा दिएका थिए ।
गएको असार मसान्तमा काम सम्पन्न गर्नुपर्ने भए पनि ट्यांकीका वरिपरी घेराबार र इनटेक निर्माण हुन सकेको छैन । पैसा अपुग भएकाले काम जति सम्पन्न भएको छ त्यो भन्दा बाँकी काम गर्न नसकिने निर्माण ब्यवसायिले बताएको उपभोक्ता समितिका अध्यक्ष कृष्णहरी अधिकारीले बताए ।
बजेट ६५ लाख भनिए पनि उपभोक्ताले १६ लाख ६६ हजार रुपैयाँमात्र पाएको उपभोक्ता समितिका अध्यक्ष घिमिरेले बताए ।
इन्टरनेशलन ट्रान्सपरेन्सी नेपाल रामेछापको संयोजकत्वमा जिल्ला खानेपानी तथा सरसफाई डिभीजन कार्यालय रामेछाप र जिल्ला कार्यान्वयन इकाई रामेछापले संयुक्त रुपमा गरेको अनुगमनको क्रममा यस्तो पाइएको हो ।
स्टामेट अनुसारको पुरै बजेट नआएकाले ट्यांकी तथा धारा निर्माणको काम पूर्णरुपमा सम्पन्न हुन नसकेको खानेपानी तथा सरसफाई डिभीजन कार्यालय रामेछापका इन्जीनियर अभिराम मिश्रले बताए ।
निर्माणको क्रममा भएका कमीकम्जोरीलाई सच्चाएर तत्कालै ट्यांकी तथा धाराहरुको मर्मत गर्ने पनि इन्जीनियर मिश्रले प्रतिवद्धता जनाएका छन् ।
स्टामेटमा १ बोरा सिमेन्टमा २ बोरा गिटी र ४ बोरा बालुवा मिलाउनु पर्ने भए पनि ट्यांकी तथा धारा निर्माण गर्न प्रयोग गरिएका सिमेन्ट गिटी र बालुवाको अनुपात १ बोरा सिमेन्टमा ४ बोरा गिटी र ६ बोरा बालुवा रहेको उपभोक्ता समितिका अध्यक्ष कृष्णहरुले अधिकारीले बताए ।
निर्माण भएका धाराहरु समेत प्रयोग विहीन अवस्था रहेको छ । आर्थिक २०६३÷६४ मा सुरु भएको सो योजना आर्थिक २०७४÷७५ सम्मा सम्पन्न गर्नुपर्ने भए पनि योजना अधुरै रहेको छ ।

जिल्ला खोपानी तथा सरसफाई डिभीजन कार्यालयबाट पाइक कम पठाइएकाले खानेपानीको शाखा लाइनमा पुरानै पाइप राखिएको पनि उपभोक्तले बताएका छन् ।

प्रतिकृया

Add