सम्झनामा दोरम्बाका सहिदहरु

 बुधबार, साउन ३०, २०७५ | onlinenews

श्राबन ३१ गते, २०७५ सालको हरेक बर्षझै फेरि पनि श्राबणको अन्तिम महिना आइपुग्दै छ । नेपालको राजनीति परिवर्तनको इतिहासमा व्गित १० बर्षे जनयुद्धको बेला रामेछापको दोरम्बामा राज्य तर्फबाट बिद्रोही माआवादीमाथि युद्धबिरामको बेला कब्जामा लिएर निर्ममतापूर्बक हत्या गरिएको दिन । यश दिन आउदै गर्दा हरेक बर्ष हामी ती शहीदहरु र त्यस बर्बरतापूर्वक घटाएको घट्नालाई हामी माओवादीहरुले सम्झिदै आइरहेका छौ । युद्धमा घट्नाहरु घट्छ्न नै तर घट्ना र दिनहरु विषेश रुपले सम्झिने र सम्झिनु पर्ने किसिमका हुन्छ्न । जनयुद्धका बलिदान र सफलताका थुप्रै दिन र घटनाहरु छन हामीसँग । तर, दोरम्बा घटना र २०६० सालको श्रावण ३२ गते भने नेपाली राजनीतिको इतिहासमा एक छुट्टै विषेश स्मरणीय दिन हो, क्रान्तिकारी कम्युनिष्टहरुका निम्ति । आज त्यही दिन फेरि हरेक वर्षको महिना र दिनहरु पारगर्दै आउदै छ श्रावणको अन्तिम दिन अर्थात श्रावण ३१ गते । अबको श्रावण ३१ गते आउदै गर्दा नेपालको राजनीतिक परिवर्तनमा सामन्ति राजतन्त्रको युग अन्त्य गरि नेपाल् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्वर्णिम युगमा प्रवेश गरेको छ । संविधानको कार्यनयनको चरणसँगै नयाँ निर्वाचनबाट देशले नयाँ संघीय केन्द्रिय, प्रदेश सरकार, संसद र स्थानीय तहको सरकार प्राप्त गरेको छ । यस परिवर्तनको प्राप्तिका लागि संघर्षरत देशको प्रमुख कम्युनिस्ट पार्टीहरुबीच बृहत एकीकरण भएर देशमा विश्वकै तेस्रो ठूलो र नेपालको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी निर्माण भएको छ । र आज तिनै तहको सरकारको प्रमुख नेतृत्व गरिरहेको छ । यस घडीमा हामी कम्युनिष्ट क्रान्तिकारिहरुले यस परिवर्तनको निम्ति भएको बलिदानिको घट्नालाई कसरी सम्झिन्छौ । त्यस बर्बरपूर्ण हत्याकाण्डलाई कसरी लिन्छौ । शहीदका सपनाहरुलाई पूरा गर्ने बाचा कसरी गर्छाै । आगामी दिनमा पार्टी र आन्दोलनलाई कसरी शहीदहरुका सपनाहरू पूरा गर्ने दिशामा एकीकृत गर्न सक्छौ यी अहम प्रश्नहरु हाम्रो बीचमा छन । त्यसै यी प्रश्नहरुमा हामी आगामी दिनमा बेहंगम छलफल बहसहरु चलाउदै पार्टीको समाजवादी क्रान्तिको नयाँ कार्यदिशासँग जोडेर लैजानु पर्दछ । आज म यस ऐतिहासिक समयमा आउँदै गरेको श्रावण अन्तिम दिन अर्थात ३१ गतेलाई यस वर्ष यसरी सम्झिन चाहान्छु कि म पुनः एकपटक त्यस हत्याकाण्डका महान शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र शहीदका अधुरा सपनाहरू पूरा गर्न जिवनको अन्तिम घडीसम्म लडिरहने र राजनीतिक रुपमा सक्रिय रहने बाचा गर्दछु । दोरम्बा घटनासँग जोडेर म आफ्ना अरु केही अनुभूति र स्मरणहरु यहाँहरु माझ राख्न चाहान्छु ।
दोश्रो युद्धबिरामको त्यो समय । करिब युद्धबिराम र वार्ताको पाँच महिनाको सेरोफेरोमा तेस्रो बार्ता हुँदै थियो । देशले त्यतिबेला राजनीतिक निकास पाउने वा नपाउने झिनो आशा मात्र बाँकी थियो
। युद्धमा होमिएको पार्टी र बिद्रोहीको युद्धको सामना गरिरहेको सरकार र अब मुलुक कसरी अघि बढ्ने यहि कौतुहाल्ता सारा जनमानसमा छाइरहेकै बेला हापुरे बार्ताको टेबुलमा बस्न पाउँदा नपाउदै रामेछापको दोरम्बाबाट हाम्रो नेता कार्यकर्तालाई पक्राउ गरि आँखामा पट्टी बाँधी लाइन लाएर गोलि बर्सायो र पक्रेका सबैजनालाई हत्या ग¥यो राज्यका सेनाले । सरकार तर्फबाट बार्तालाई सोहिदिनबाट औपचारिक रुपमा बन्द ग¥यो । सिंगो देशले अपेक्षा गरेको राजनीतिक द्वन्द्वको शान्तिपूर्ण बार्ताको निकास निरासमा बदलियो र राज्य राजनीतिक निकासका लागि इमानदार छैनन् भन्ने कुराको पुष्टि भयो । यसपछि पार्टी केन्द्रले २०६० भाद्र १० गते औपचारिक रुपमा युद्धबिराम भंगको घोषणा ग¥यो ।
आज ती दिनहरु झलझल्ती झल्को छ आँखाभरी । मुटुभरी हृदय कामेको पलहरु सम्झना छ दिमाग भरी । सुन्दै ओठ काँप्ने यादहरु छन मनमस्तिकभरी । त्यस हत्याकाण्डमा परि जीवन गुमाउने ती महान क्रान्तिका योद्धाहरु जो १÷२ जना बाहेक सबैजना चिनेजानेका र निकै लामो समय युद्धमा संगसँगै राजनीतिक कार्य गरेका नेता र सहकर्मी सहयोद्दा साथीहरु हुनुहुन्थ्यो । जसमध्ये कमरेड बाबुराम लामा (पुष्प) रामेछापका माओवादी जनयुद्धका एक प्रमुख संस्थापक हुनुहुन्थ्यो । उहाँ रामेछापको मात्र नभएर आन्दोलन र युद्धको हिसाबले पुर्बका एक चम्किला जनतका ढुकढुकी हुनुहुन्थ्यो । पार्टी संगठन भित्रका एक कुशल संगठक तथा बैचारिक स्पस्टता भएको नेता हुनुहुन्थ्यो । उहाँकै राजनीतिक कुशलता र सक्रियताले २०५३ सालको बेथान मोर्चा उहाँकै गाउँको पानीघाटमा सम्पन्न भएको थियो । यसरी सिंगो रामेछाप, काभ्रेको राजनीतिक भुमिकामा दखलप्राप्त एक होनहार कमान्डर नेता कमरेडलाई रामेछापले त्यस घट्नामा गुमाउनुको पिढा अहिले पनि छाती फुट्ला झै गरि दुखेर आउँछ । जनयुद्धको त्यो भीषण दौरानमा आफुलाई रामेछापको त्यो वर्गसंघर्षमा हेलाएर बिकास गरेको नेता कमरेड बाबुराम लामा (पुष्प) रामेछाप जिल्ला जनसरकार प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्दै हुनुहुन्थ्यो । २०५८ साल भाद्र ११ गते रामेछापको डडुवा कुखुरे आहालमा करिब ५० औ हजार जनताको बीचबाट निर्वाचित गरिएको जनसरकार प्रमुखको त्यस हत्याले सिंगो रामेछाप टुहुरा झै भयो । सबै शोकाकुल भए । बिक्षिप्त भयो सारा गाउँ बस्तिहरु । यसरी त्यस बर्बर हत्याकाण्डमा रामेछापको भूमिमा आफ्नो पार्टी कामको कर्मथलो बनाई कृयाशील कमरेड अम्बिका दाहाल (ललिका), कमरेड प्रदीप दोङ (रक्तिम) मेरो राजनीतिक जिबनका नेताहरु हुनुहुन्थ्यो । कमरेड ललिकासँग म २०५८ सालको प्रथम युद्धबिराम भंगभएपछि एउटा इलाकामा सँगै काम गरेका थियौ । करिब डेढ बर्ष उहाँ सँगको मेरो राजनीतिक सहयात्रा थियो । त्यसैगरि कमरेड रक्तिमसंग २०५५÷५६ सालदेखिको राजनीतिक सम्बन्ध थियो र उहाँसँग नि रामेछापको कोसीपारी एरियामा केही समयसँगै पार्टी कममा बिताएका थियौ । यसरी युद्धका कठिन दिनहरुमा पार्टी कामसँगै गरेका नेता कमरेडहरुको त्यो बलिदानी पिढाले मुटु टुक्र–टुक्रा भएर दुखिरह्यो र उहाँहरुसँग सिकेका र सहयात्रा गरेका ती दिनहरु दम्झना आइरह्यो, आइरहन्छ अजै पनि ताजा ताजा बनी । यसरी दोरम्बामा त्यो अतातायी दुश्मनहरुले कमरेडहरु बिबेक मगर, सानोराम लामा, ठूलोराम लामा, लक्ष्मण लामा, समीर चौहान, चतुरमान थामी, हर्क घिसिङ, श्याम तामाङ, उमा कार्की, पदमराज गिरि, त्यसैगरी बैंठक घर दोरम्बा भिरडाँडा घरका लिला मोक्तान, बुबा छोरा सबैजना त्यस एरियामा लामो समयसँगै काम गरेका कमरेडहरु हुनुहुन्थ्यो । उहाँहरु सबैजनासँग २०५८ सालको पहिलो युद्धबिराम भंग भएपछिको संकटकालमा निकै दुखःकष्टकासाथ त्यस शैलुङ्ग, तामाकोसी बेल्टमा काम गरेका थियौँ । उहाँहरु सबैको उक्त दोरम्बा घटनामा शाहदतले मलाई अत्यन्तै पिढाबोध गरायो किनकी उहाँहरु प्रत्येकसँग मेरो संगसँगै लामो युद्ध अनुभवहरु थियो । हरेक अप्ठ्यारोहरुमा निडरताका साथ सहकार्यको एकता थियो । यस कारण निकै पिढाबोध सहित दोरम्बा हत्याकाण्डलाई म र हाम्रो त्यसबेलाको सिंगो पार्टीपंक्तिले र रामेछापका क्रान्तिकारी जनताले ब्यहोर्नु प¥यो । आज हामी त्यस ताकाका नेता कार्यकर्ताहरु रामेछापको माओवादी कम्युनिस्ट आन्दोलनमा सक्रियतापूर्वक संगठित हुँदै आन्दोलनको विकास र आवश्यकता अनुरुप सक्रिय रहिरहेका छौ । यसै हत्याकाण्डमा दुश्मनको घेरा तोडि बाँच्न सफल तत्कालीन त्यस जिल्लाका जिल्ला इन्चार्ज कमरेड ललित बाहेक यस जिल्लामा कमरेड मैन कुमार मोक्तान (मदन) अहिले पनि हाम्रो बीचमा रामेछापको कम्युनिस्ट पार्टीको जिल्ला नेतृत्वको रुपमा सक्रिय हुनुहुन्छ । यसरी दर्जनौं प्रमुख नेता र कार्यकर्ताको सामूहिक हत्याबाट क्षेति ब्यहोर्दै अघि बढेको रामेछापको कम्युनिस्ट आन्दोलन आज पनि रामेछापको राजनीतिमा मुख्य शक्तिको रुपमा जनताको बिचमा उपस्थित रहेको छ । त्यस कारण रामेछापका क्रान्तिकारी कम्युनिस्ट र रामेछापको नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताले आउने श्रावण ३१ गतेलाई सम्झिनु अब क्रान्तिको बाँकी कार्यभार नेपाली समाजको राजनीतिक रुपान्तरणको कार्यभार भनेको समाजबादी क्रान्तिको भएको हुनाले उक्त अबिभारा पूरा गर्न संकल्प गर्नु हो । कम्युनिस्ट आन्दोलनमा देखा पर्ने हर प्रकारका बिचलनहरुलाई परास्त गर्दै युग सुहाउँदो क्रान्तिको विकास गर्न सकिएन भने आज प्राप्त भएको क्रान्तिको यो उपलब्धिहरु पनि बचाउँन असम्भव छ । यसकारण आज फेरि पनि हामीले एउटा युगिन अबसरलाई उपयोग गर्दै यो देशको प्रमुख ठुलो कम्युनिस्ट पार्टीबीच एकता गरेका छौ । जसबाट अतालिएका दक्षिणपन्थी तथा यथास्थितिबादी शक्तिहरु कम्युनिस्टहरुले अधिनायकवाद थोपर्छ भन्दै कोकोहोलो मच्चाइरहेको छ । यसबाट पुष्टि हुन्छ कि माओवादका प्रबर्तक कमरेड माओले दुश्मनले हामीलाई गलत ग¥यौ भन्यो भने हामीले सहि गरेको सम्झनु र दुश्मनले ठिक ग¥यौ भनेमा हामी गलत छौं भन्ने बुझ्नु । त्यस कारण आज हाम्रो एकतादेखि प्रतिक्रियावादीहरु छटपटाएका छन । त्यसैले फेरि पनि कमरेड माओले भने झै तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौ । हो हामी नेपाली समाजलाई समाजवादको चरणमा प्रवेश गर्न हामी हाम्रै तरिकाले जनतालाइ स्थिर सरकार र आर्थिक समृद्धि सहित नेपाली समाजको अग्रगामी रुपान्तरण गर्दै सम्यावादको यात्रामा अघि बढछौ । यही अपिल र संकल्प नै आजको कम्युनिष्टहरुको मुख्य कार्यभार हो । आउने श्रावण ३१ गतेले यहि अपिल गर्ने छ । जनयुद्धको बेला युद्धबिरामको उल््लंघन गर्दै बर्बरतापुर्बक हत्या गरिएका जनयुद्धका ती सम्पूर्ण दोरम्बा हत्याकाण्डका महान शहीदहरुलाई फेरि पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबै रामेछापका कम्युनिस्ट क्रान्तिकारी जनसमुदाय, जनयुद्धका अरु सबै शहीद परिवार, जनयुद्धका नेता कमान्डर कमरेडहरु र सबै पार्टीका सुभचिन्तक र सुभेच्छुकमा नेकपाका केन्द्रिय अध्यक्ष, जनयुद्धका सर्वोेच्च कमान्डर तथा नेपाली राजनीतिकाका शिखर ब्यक्तित्व पूर्ब प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यमा रामेछापको दोरम्बा डाँडाकटेरी सहिद स्मृति सभास्थलमा हुने कार्यक्रममा सहभागिताका लागि लागि हार्दिक, हार्दिक अनुरोध गर्दछौ !  लेखकः पूर्व माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य हुन ।

प्रतिकृया

Add