प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
१५ औं दोरम्बा स्मृति सभा कार्यक्रम तथा शहीद परिवार सम्मान कार्यक्रमका अध्यक्ष महोदय, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति र विभिन्न तह र तप्काका सहयोद्धा कमरेडहरु, दोरम्बा हत्याकाण्डका आदरणीय शहीद परिवार र आफन्तजनहरु र यस क्षेत्रका निकै उत्साह र जिज्ञासाका साथ उपस्थित हुनुभएका सम्पूर्ण प्यारा दिदीबहिनी दाजुभाईहरु !
सबभन्दा पहिले म त्यो ऐतिहासिक दोरम्बा हत्याकाण्डका सबै महान् र अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गर्न चाहन्छु । त्यसैगरी ती महान् शहीदहरुका आदरणीय परिवारजनहरुप्रति गहिरो सम्मान र समवेदना पनि प्रकट गर्न चाहन्छु । त्यसैगरी त्यो विभत्स हत्याकाण्डबाट मुस्कीलले घेरा तोडेर जीवन बचाउनु भएको सबै जिवित शहीदहरु र त्यसको प्रत्यक्षदर्सी दोरम्बाबासी दिदीबहिनी, दाजुभाईहरुप्रति पनि म पार्टीको तर्फबाट र मेरो तर्फबाट हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।
संयोग भन्नुपर्छ यो बाटो भएर म धेरै पटक हिडे आकाशबाट कहिले हेलिकप्टरमा कहिले केमा तर यहाँ प्रत्यक्ष उत्रिएर तपाईहरुसँग यस खालको भेटघाट र कुराकानी भएको पहिलो चोटी हो । यद्यपि मेरो भावना, विचार सबै तपाईहरुसँग दोरम्बा हत्याकाण्ड भएको दिनदेखि नै विशेष रुपले गहिरोसँग सम्बन्धित रहँदै आएको छ । आज यो ठाउँमा उपस्थित भएर शहीदहरुलाई सम्मान प्रकट गर्दा श्रद्धाञ्जली प्रकट गर्दा र तपाईहरुलाई सम्मान गर्दा मलाई विशेष भर्वको महशुस भएको छ ।
कमरेडहरु र प्यारा दिदिबहिनी, दाजुभाईहरु ! समाज परिवर्तनको लागि केहीले बलिदान त गर्नै पर्दछ । यो इतिहासको नियम हो । क्रान्तिको नियम हो । कुनै पनि राष्ट्रका राम्रा छोराछोरीहरुले बलिदान नगरी ती राष्ट्रहरुमा ठूलो परिवर्तन भएको पनि छैन र धेरै विकास र समृद्धि पनि भएको छैन । अहिले संसारमा जति पनि देशहरु हामी विकसीत र समृद्ध भन्छौं ती देशहरुको इतिहास हे¥यो भने त्यहाँ हजारौं, लाखौं र करोडांै मान्छेहरुले बलिदान गरेका छन् । हामीले रुष भन्छौं, शक्तिशाली देश भन्छौं अमेरिका भन्छौं या जापान या यूरोपका अरु थुप्रै देशहरु या चीन, भारतकै कुरा गर्ने हो भने पनि त्यहाँ हजारौं, लाखौं र करोडौंले रगत बगाएपछि मात्रै ती देश अहिले विकासको, स्थिरताको, समृद्धिको, लोकतन्त्रको र न्यायको एउटा विन्दुमा पुग्न सकेका हुन् । हाम्रो देशमा पनि त्यही नियम लागू भएको छ । आज दोरम्बा हत्याकाण्डका महान् शहीदहरुलाई हामीले सम्झिदै गर्दा, उहाँहरुलाई सम्मान गर्दै गर्दा म के ठान्छु भने, त्यसो त जनयुद्धमा हजारौंको बलिदान भएको छ, देशभरी नै । सबै जातजाति, भाषाभाषि क्षेत्र, वर्ग समुदायले बलिदान गरेर मात्रै अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सकेको हो । तर, ती सबै मध्य दोरम्बा हत्याकाण्ड र त्यसका शहीदहरुका रगतको मूल्य अलि विशिष्ट छ भन्ने मेरो बुझाई छ । त्यो बुझाई पनि म तपाईहरुको अगाडि राख्न चाहन्छु । जनताले न्याय, समानता, स्वतन्त्रता, विकास र समृद्धिको निम्ती संघर्ष गर्छन । प्रतिक्रियावादीहरुले त्यो संघर्षलाई दमन गरेर रोक्न बल गर्छन । जहाँकही त्यस्तै हुने गर्छ । जनताले संघर्ष गर्छन, जनताको बैरीहरुले त्यसलाई दवाएर, दमन गरेर मान्छे मारेरै ठीक हुन्छ भन्ने ठान्छन् । तर, इतिहासको नियम के छ भने जीत अन्तत् जनताकै हुन्छ । दमनकारीहरुको कहिल्यै पनि जीत भएको छैन । न्यायको निम्ती, समानता र स्वतन्त्रताको निम्ती, शान्ति र समृद्धिको निम्ती लड्नेहरुकै, जनताकै जीत भएको छ संसारभरी । यहाँ पनि मान्छे मारेर नै यो परिवर्तन रोक्न सकिन्छ भन्ने ठाने हिजोका राजामहाराजा र शासकहरुले । कडा नियम बनाएर दमन गरेपछि हुन्छ । नेताहरुको टाउको काट्ने निर्णय गरेपछि, टाउकोको मूल्य तोकेपछि परिवर्तन रोकिन्छ भन्ने ठाने राजामहाराजाहरुले तर त्यस्तो भएन । बरु राजामहाराजाहरुकै श्रीपेच मिल्काइयो । तिनीहरुलाई नारायणहिटीबाट गलहत्याइयो । जनताको आखिर जीत भयो । त्यसकारण दमन गरेर या मान्छे मारेर परिवर्तनको प्रवाहलाई रोक्न सकिन्छ भन्ने जालीफटाहाहरुको बुझाई सही होइन । मैले यहाँ अझै के भन्न चाहेको छु भने परिवर्तन जनताले न्ययाको निम्नी खोज्छन् । शान्तिको निम्ती, समृद्धिको निम्ती स्थायित्वको निम्ती जनता जहिले पनि लड्छन्, संघर्ष गर्छन, आवाज उठाउँछन् । त्यसले मात्रै क्रान्ति हुँदैन । क्रान्ति हुन, परिवर्तन आउँन शासकहरुले मुर्खता पनि गर्नुपर्छ । शासकहरुले ठूला–ठूला गल्ती र अपराध गर्छन । त्यो अपराध नगर्ने हो भने शासकहरुको आयू केही वर्ष लम्बिने हुन्छ । दोरम्बा हत्याकाण्ड हुँदा म पश्चिम नेपालको रोल्पामा थिए । शान्ति प्रक्रिया चलिराखेको थियो । र, शान्ति प्रक्रियामा हाम्रो एउटै माग थियो पहिलो, दोश्रो र तेश्रो शान्ति बार्तामा पनि संविधान सभाबाट संविधानको निर्माण र जनतालाई आफ्नो भाग्य आफैले निर्णय गर्ने अधिकार दिने । मुख्य माग हाम्रो त्यही नै थियो । त्यसो भयो भने हामी शान्ति प्रक्रियामा सामेल हुन तयार छौं । त्यही माग लिएर हामी दोश्रो पटक बार्तामा थियौं र हामी गम्भीरताका साथ घटनाक्रमलाई हेरिराखेका थियौं । म त्यतिबेला पनि पार्टी अध्यक्षको हैसियतले, जनमुक्ति सेनाको सुप्रिम कमाण्डरको हैसियतले मैले दाङको हापुरेमा भैराखेको बार्तालाई नजिकबाट निर्देशित गरिराखेको थिएँ । हेरि राखेको थिए र अध्ययन पनि गरिराखेको थिएँ । त्यही बेलामा यो रामेछापको दोरम्बामा भयानक हत्याकाण्डको मञ्चन भयो । त्यो हत्याकाण्डको मञ्चन शाही सेनाको कुनै क्याप्टेनको इच्छा र सनकले भएको होइन । त्यसको पछाडि त्यतिबेलाका शासकहरु दरबारमा बस्ने दरबारियाहरुको नियोजीत षड्यन्त्र अन्तर्गत थियो । किनकी तात्कालीन माओवादीले र त्यसको नेता प्रचण्डले राजनीतिक रुपमा शान्ति बार्ता मार्फत राजतन्त्रलाई निकै अप्ठ्यारो पा¥यो भन्ने उनीहरुको बुझाई थियो । जनतामा एउटा नयाँ जागरण आउँने भयो देशैभरी जतिमार्दा पनि रोकिदैन भन्ने परेको थियो र बार्ता भंग गरेर फेरि दमन कसरी गर्ने होला भन्ने चिन्ता राजामहाराजाहरुलाई थियो त्यतिबेला । त्यसकारण षड्यन्त्रमूलक तरिकाले बार्ता भंग गर्ने र फेरि लडाई सुरु गर्ने । आपूmसँग ठूलो सेना छ, धेरै हतियार छ, प्रविधि पनि धेरै छ मैले जितिहाल्छु भन्ने त्यतिबेलाका राजाहरुको सोचाइका कारणले दोरम्बा हत्याकाण्ड नियोजीत रुपमा मञ्चन गरिएको थियो । यो सरकारको निर्णयले भएको थिएन । यो शाही सेनाको निर्णयले पनि भएको थिएन । यो सिधै दरबारको निर्देशनमा राजनीतिक बार्ता भंग गरि लडाई फेरि सुरु गर्ने र मानिसहरुको हत्या गरेर नै परिवर्नतलाई रोक्ने डिजाइन अन्तर्गत भएको थियो । सायद एउटा सन्काहा क्याप्टेनले सन्किएर ती मानिसहरुलाई मारेको हो कि भन्ने अहिले मान्छेहरुलाई लाग्छ, होइन । त्यतिबेलाको राज्य सत्ताको सबभन्दा माथिल्लो अंङ्ग राजा थिए । राजाले पूरै शासन आफ्नो हातमा लिएको स्थिति थियो र उसको निर्देशनमा राजनीतिक प्रक्रिया रोक्ने, जनतामा आउँदै गरेको जागरणलाई रोक्ने कुत्सित कालो मनले रचिएको एउटा षड्यन्त्र थियो । मैले के भन्न खोजिराखेको छु भने इतिहासको नियम बडो निर्मम र कठोर हुन्छ । जनताको आन्दोलन र आन्दोलनको नियम पनि बडो कठोर हुन्छ । मैले कहिलेकही भन्ने गर्छ, एउटा कथा पूरा गर्नको लागि त्यहाँ एउटा नायक हुन्छ र अर्को एउटा खलनायक हुन्छ । नायकले मात्रै कथालाई पूर्णता दिन सक्दैन । कथालाई पूर्णता बनाउनको लागि त्यहाँ खलनायकको पनि भूमिका चाहिन्छ । नायकले राम्रो कामद्धारा मानिसहरुको मन जित्ने कोसिस गर्छ । जनताको हितमा राम्रो काम गर्छ । खलनायकले नराम्रो–नराम्रो काम गरेर मान्छेहरुको मुखमा ताल्चा लगाउने कोषिस गर्छ । अपराध कर्महरु गरेर त्यो अपराधद्धारा आफ्नो उद्देश्य पूरा गर्न चाहन्छ । तपाईहरुले उपन्यास, कथाहरु पढ्नु भएको होला फिल्महरु हेर्नुभएको होला, नाटकहरु हेर्नु भएको होला त्यस्तै हुन्छ । समाजमा त्यस्तै हुने भएको हुनाले मलाई के लाग्छ भने दोरम्बा हत्याकाण्ड नभएको भए र हापुरेको बार्तामा संविधानसभा हुन दिएको भए नेपालमा यति छिटो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सायद सक्दैन थियो । अझै धेरै वर्ष राजतन्त्र टिक्न सक्ने खतरा हुन्थ्यो । हामी त चाहन्थ्यौं राजतन्त्रको छिटोभन्दा छिटो अन्त्य होस् र देशमा गणतन्त्र स्थापना होस । हामीले लडाई गरेको पनि त्यसैको निम्ती थियो । तर, हामीले मात्रै चाहँदैमा गणतन्त्र आइहाल्दैन थियो । तापाई हामी सबै नायक हौं, तपाई हामीले चाहेर मात्रै त्यस्तो हुँदै थियो । खलनायक पनि चाहिन्थ्यो । र, खलनायकले मुर्खता गर्नु पथ्र्यो, बदमासी गर्नु पथ्र्यो, अपराध गर्नु पथ्र्यो र त्यो अपराध जनताले थाहापाउनु पथ्र्यो । दरबारमा भएको भयानक हत्याकाण्ड त्यसले के देखाउँछ भने अब पुराना शासकहरु विकृतिको पराकष्ठमा पुगेका छन् । अनैतिकता, अमानवीयता र राक्षसी स्वरुपको पराकाष्ठमा पुगेको छ भन्ने कुरा दरबार हत्याकाण्डले देखायो । ती शासकहरु सबभन्दा ठूलो अपराधी रहेछन् यो देशका भन्ने कुरा बुझ्न मद्दत पुग्यो भने दोराम्बा हत्याकाण्डबाट माओवादीले, कम्युनिष्टहरुले संविधानसभा र गणतन्त्रको जे कुरा गरेका छन् विल्कुल सही रहेछ भन्ने सावित भयो । यसैलाई दवाउन रामेछापको एउटा विकट ठाउँमा होनहार युवाहरु र त्यहाँका कार्यकर्तालाई समातेर पछाडि हात बाँधेर लगेर निर्ममतापूर्वक मारियो । यो घटनाले देशभरी त्यतिबेलाका ७५ वटै जिल्लामा जनतामा एउटा ठूलो जागरण लिएर आयो । हामीले भनेको संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको नारा सही हो र राजामहाराजाहरुले गरिरहेको काम अपाराध हो भन्ने कुरा जनतलाई बुझ्न मद्दत पुग्यो । त्यसकारण हाम्रा ती शहीदहरुको रगत खेर गएन । आदरणीय शहीद परिवारलाई मन दह्रो गर्न म अनुरोध गर्न चाहन्छु । तपाईहरुका आफन्तजनको, हाम्रा पार्टीको कमरेडहरुको रगत खेर गएन । उहाँहरुको रगत नबगेको हुन्थ्यो भने यति छिटो नेपालमा २२ सय वर्षदेखि राज गरेको राजतन्त्र र ढाइसय वर्षदेखि राज गरेको शाह बंश यति छिटो पतन हुने र नेपालमा गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र संविधानसभा हुने संभव थिएन । त्यसकारण दोरम्बा हत्याकाण्डका ती महान् शहीहरुको रगत खेर गएन । त्यो रगत संघीय गणतन्त्रमा रुपान्तरण भयो । त्यो रगत अहिले पार्टी एकतामा रुपमान्तरण भयो । शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने ठाउँमा आइपुग्यो । त्यो रगत अब एउटा समृद्ध नेपाल निर्माण गर्ने र समाजवादको आधार तयार गर्ने एउटा महान् सामाजिक उद्देश्यमा रुपान्तरीत भयो । शहीदले बगाएको रगत उनीहरुले दिएको बलिदान खेर गयो कि भन्ने सोचियो भने त्यो भयानक भूल हुन्छ । ती शहीदहरुले रगत नबगाएको भए आज देशमा गणतन्त्र सम्भव थिएन । आजदेशमा समृद्धिको नयाँ यात्रा र एउटा शक्तिशाली कम्युनिष्ट पार्टी बनेको छ । दुई तिहाई बहुमतको स्थानीय तहदेखि प्रादेशिक तह सबैतिर कम्युनिष्टको सरकार सम्भव थिएन । आज विहान मात्रै एउटा ठूलो पार्टी प्रवेश कार्यक्रम हाम्रो पार्टी कार्यालयमा थियो । मैले र प्रधानमन्त्री कमरेड केपी आलीले संवोधन गरेका थियौं । र, हामीले भनेका थियो हामी उडान भर्दैछौं । हाम्रो उडान सुरुभइसकेको छैन । हामी तयारी गर्दैछौं । नयाँ समाजको, नयाँ समृद्धिको, नयाँ युगको हामी उडान भर्दैछौं भनेर मैले भनेको थिए । र, प्रधानमन्त्री जीले पनि हामी त्यो उडान मौरीको गोलाजस्तो गरि भर्नेछौं भन्नु भएको थियो । त्यसकारण तपाई प्यारा दिदीबहिनी, दाजुभाइलाई पनि म के भन्न चाहन्छु भने हाम्रा शहीदहरुको रगत खेर गएको छैन । यतिमात्रै हैन हामी अझै अगाडि जानु छ र अगाडि जाने बाटोमा लखन थापादेखि, झापा विद्रोहदेखि जनयुद्धको १० वर्षको महान् यात्रा र त्यस क्रमका हजारौं शहीदहरु त्यो रगतले एउटा सिंचाईको काम एउटा उर्वरभूमि नेपाललाई बनाउने संसारमै एउटा समृद्ध, सु–संस्कृत र सभ्य देशमा नेपाललाई बदल्न त्यसले जहिले पनि हामीलाई उत्प्रेरणा दिइराखेको हुन्छ ।
युद्ध हो युद्धमा कहिलेकही कम्जोरी गल्ती पनि हुन्छन् । नमर्नुपर्ने मानिस मारिन्छन् । तर, युद्धको पनि आफ्नो एउटा नियम र नैतिकता हुन्छ । युद्धरत पक्षहरुमा पनि मानिसहरुलाई पक्रेर हात बाँधेर लगेर मार्ने भनेको त्यो अत्यन्त निन्दनीय, अमानवीय अपराधको रुपमा छ । त्यस रुपमा यो घटनालाई संसार भरीनै हेरिएको छ, नेपालले मात्रै हैन । यो कुनै ब्यक्ति विशेषलाई दोष दिने कुरा छैन । जुन वर्गले हिजो शासन ग¥यो, जुन वर्ग राजाहरुको वरिपरी बसेको थियो त्यो वर्गको उद्देश्य अनुसार राजाको निर्देशनमा भएको भयानक हत्याकाण्ड थियो त्यो । तर अहिले हामीलाई गर्व किन छ भने, अब त्यतिबेला हामीलाई हत्या गर्ने शाही सेना नेपालमा छैन । त्यो नेपाली सेनामा रुपान्तरीत भयो । अहिले नेपाली सेना छ । राजतन्त्र त्यतिबेलाको छैन । अहिले गणतन्त्र छ । जनमुक्ति सेना छैन । नेपाली सेनामा जनमुक्ति सेना पनि समायोजन भयो । अहिले नितान्त नयाँ परिस्थिति बनेको छ । यसमा हामी सबैले गर्व गर्नुपर्दछ ।
राष्ट्रका निम्ती, समाजका निम्ती, परिवर्तनका निम्ती मर्ने मृत्यु कहिल्यै मर्दैन । बरिष्ट परिशील साहित्यकार पारीजातले शहीदको बारेमा लेख्नु भएको छ । शहीद त किहिले नि मर्दैनन् ती त नारा हुन्छन्, भित्तामा लेखिन्छन्, आउने पीडिका लागि पनि प्रेरणा भइराख्छन् स्कूल भइराख्छन् भन्ने कविता लख्नु भएको थियो । शहीहरु भनेका कहिल्यै मर्दैनन् । अरु मान्छे यो बीचमा हजारौं लाखौं मरेनी मर्न त कस्ले हिसाब राखेको छ र त्यसको । तर दोरम्बा हत्याकाण्डका २१ जनाको हामीले हिसाब राखेका छौं । हामीले मात्रै हैन संसारले हिसाब राखेको छ । ती सबैबाट प्रेरणा लिने कुरा गरिएको छ । अब हामी बाँचेकाहरुको दायित्व के छ भने ती शहीदहरुको सम्मान गर्ने, तीनका शिक्षा र प्रेरणाहरुलाई प्रचार गर्ने र विकासका निम्ती त्यसलाई प्रयोग गर्ने । हिजो युद्ध भयो, त्यो भयानक भयो । अब हामीले त्यसलाई शान्तिमा रुपान्तरण गरेका छौं । अब विकासमा रुपान्तरण गर्नु प¥यो । त्यसकारण यो दोरम्बालाई युद्ध पर्यटकीय क्षेत्र बनाउन सकिन्छ र संसारभरीबाट एकपटक मान्छे आउँनै पर्ने र रामेछापको दोरम्बा जाने भन्ने बनाउन सकिन्छ । पार्टीको तर्फबाट अध्यक्षको हैसियतले र सरकारलाई पनि म निर्देशन गरेर विशिष्ट बजेट ब्यवस्था गर्ने र यो पार्कलाई युद्ध पर्यटनको रुपमा स्मरणीय पार्कको रुपमा बनाउने । त्यसैगरी काभ्रे, रामेछाप र दोलखामा थुप्रै शहीदहरु भएका छन् युद्धमा । हामीले पश्चिममा पोखरादेखि सुरु भएर बाग्लुङ्ग, म्याग्दी हुँदै रोल्पा, रुकुमसम्म जाने र चुन्वाङ जहाँ हामीले शान्ति प्रयास गर्नुपर्छ भनेर एउटा ठूलो बैठक गरेका थियौं । त्यहाँसम्मको गुरिल्ला ट्रेल भनेर बनाइएको छ । (गुरिल्ला हिड्ने बाटो) त्यसलाई अहिले विश्वभरीबाट अध्ययन गरिएको छ । र, त्यो गुरिल्ला टे«ल भनेपछि अब आउँने पर्यटकहरु बाग्लुङ्गदेखि ढोरपाटन हँुदै त्यहाँ जाने भएको छ भने यहाँ पनि हामी त्यसो गर्न किन सक्दैनौं । बेथान–दोरम्बा, दोलखा हँुदै शैलुङ्गसम्म युद्ध पर्यटकीय मार्ग भनेर बनायौं भने यस क्षेत्रका जनताको आर्थिक जीवनमा महत्वपूर्ण योगदान हुनसक्छ र म तपाईहरुको अगाडि आज एउटा प्रतिवद्धता ब्यक्त गर्न चाहन्छु, त्यसको निम्ती मैले पहल गर्नेछु । त्यसले यस क्षेत्रका जनताको जिवनस्तर उकास्नको निम्ती महत्वपूर्ण योगदान गर्ने छ र भविष्यसम्म पनि पर्यटनको विकासमा ठूलो योगदान दिने छ भन्ने मेरो विश्वास छ । रामेछाप जिल्ला एउटा यस्तो ऐतिहासिक जिल्ला पनि हो । जहाँ कमरेड पुष्पलालको जन्म स्थल हुनुको नाताले मैले दोश्रो पटक प्रधानमन्त्री हुँदा कमरेड पुष्पलाल जन्मेको ठाउँलाई स्मरणीय बनाउनका लागि केही बजेट निकासा गरेको थिएँ । पुष्पलाललाई मात्रै गरेको छैन । मैले विपी कोइराला जन्मेको ठाउँ सिन्धुलीमा पनि एकै साथ कमरेड पुष्पलाल श्रेष्ठ र विपी कोइराला दुइटैको निम्ती ऐतिहासिक स्थल बनाउने भनेर निकासा गरेको थिए । कमरेड पुष्पलालको स्मृति दिवस मनाउँदै गर्दा प्रतिक्रियावादीहरुले हामीमाथि गरेको षड्यन्त्रमाथि आफ्नो ठाउँबाट सरकार र पार्टीको पक्षमा प्रतिक्रियावादी जाली फटाहाको विरुद्धमा धावा बालेको थिए । सायद तपाईहरुले सुन्नुभयो होला या हेर्नुभयो होला । अहिले एउटा शक्तिशाली कम्युनिष्ट पार्टी बनाइएको छ । हामी समीक्षा गर्दै छौं । कामलाई अझ राम्रो कसरी बनाउने विकालाई अझ गति कसरी दिने सु–शासनलाई अझ ब्यवस्थित कसरी गर्ने, भ्रष्टाचारलाई कसरी रोक्ने भन्ने बारेमा प्रधानमन्त्री र मेरेबीचमा गम्भीर ढंगले छलफल हुन थालेको छ । सचिवालयमा पनि हामीले गम्भीरै ढंगले छलफल गर्न थालेका छौं । पार्टी एकता भएपछि दुईतिहाई बहुमतको सरकार भए पछि सबै तहमा आफ्नो सरकार भएपछि जुन गतिमा विकास, समृद्धि, सु–शासन खोजेको हो अलि गति धिमा हो कि भन्ने प्रश्नहरु धेरै तिर सुनेको छु । यो बारेमा हामी गम्भीर समीक्षामा छौं । सकारलाई सफल पार्ने उद्देश्यका साथ यो पार्टीलाई अझ बलियो बनाउने उद्देश्यका साथ हामीले निर्वाचको बेलामा जनतासँग जे संकल्प र प्रतिवद्धता गरेको हो, त्यो प्रतिवद्धता अनुसार सरकारका नीति कार्यक्रम र खासगरी बजेट आएन भन्ने जनताको गुनासो पनि हामीले हिसाव गरेका छौं । जनताको चिन्ता र चासोलाई संवोधन गर्ने तयारीमा हामी छौं । म अहिले धेरै कुरा त भन्न सक्दिन र मिल्दैन पनि तर म तपाईहरुलाई के भन्न चाहन्छु भने छिट्टै जनतालाई उत्साहित गर्ने कार्यक्रम सहित सरकार तपाइहरुको अगाडि प्रस्तुत हुँदै छ, यो विश्वास चाहिँ म तपाईहरुलाई दिलाउन सक्दछु ।
हामी इतिहासको एउटा नयाँ मोडमा छौं । आज हामी दोरम्बा हत्याकाण्डको १५ औं स्मृति दिवस गर्दैर्छौ । हामीले शहीद परिवारलाई सम्मान ग¥यौ । हामीले पार्टीको तर्फबाट केही प्रतिवद्धता पनि ब्यक्ति ग¥यौं । त्यसको साथै हाम्रा महान् शहीद परिवारका आदरणीय परिवारजनको समस्या समाधान गर्ने उहाँहरुको बालबच्चाहरुको भरणपोषणको निम्ती ध्यान दिने जिम्मेवारी पनि हाम्रो छ । कम्युनिष्ट पार्टीको यो सरकारले जनयुद्धमा ज्यान गुमाएका माओवादी नेता कार्यकर्ता र जनतामात्रै हैन सेनाका, पुलिसका र अरु पार्टीका नेता कार्यकर्ताहरुलाई पनि भरणपोषण र सबैको संवोधन हुनपर्छ भन्ने मान्यतामा अहिलेको सरकार छ । कसैलाई खाका, कसैलाई खापा गरिने छैन । म यो पनि भन्न चाहन्छु शाही सेना अहिले छैन, नेपाली सेना छ अहिले । शाही भन्दा राजाको सेना भन्थ्यिो, अब राजाको सेना छैन । नेपाली सेना भन्दा जनताको सेना भनिएको हो, अहिले जनताको सेना छ र त्यसमा हामी सबै मिलेका छौं । मैले प्रधानमन्त्री भएर दुई पटक देशको नेतृत्व गर्ने क्रममा पछिल्लो पटक सेनाका समस्या के छन्, सेनालाई आधुनिकीकरण गर्न, सेनालाई जनता र राष्ट्रको वास्तविक रक्षक बनाउन के–के चाहिन्छ मेरो तर्फबाट सक्दोे गरे । म यहाँ आउँदा सेनाको हेलिकप्टरमा आए, साथीहरुले सेनाको हेलिकप्टर मिलाउनु भएको रहेछ । मलाई खुसी लाग्यो । म शाही सेनाको हेलिकप्टरमा आएको होइन, नेपाली सेनाको हेलिकप्टर आए । बुझ्नु होला ठूलो चिज हो यो । यसको धेरै गहिरो अर्थ छ । नेपाली जनताको सेना, नेपाली जनताको सुरक्षाकर्मी अहिले त्यति ठूलो परिवर्तन भएको छ । यसलाई सुदृढ गर्नुछ । हामीसबै मिलेर संकल्प ग¥यौ भने आउने पाँच वर्षभित्र नेपाललाई एउटा नयाँ समृद्धिको युगतिर लिएर जानसक्छौं । हामी जनताको अनुहारमा हाँसो, खुसी, गर्व, सन्तुष्टि ल्याउन चाहन्छौं । हाम्रा शहीदहरुका परिवार, उनीहरुको घर परिवारमा एउटा गर्वको महशुस होस् हिनताको महशुस नहोस् भन्ने चाहन्छौं । हामी त्यसैको निम्ती प्रयत्नशील छौं । फेरि एक पटक दोरम्बा हत्याकाण्डका शहीदरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै शहीद परिवारजनप्रति सम्मान र समवेदना प्रकट गर्दछु । धन्यवाद !