रामेछाप जिल्लाकै मनूना काम गरेको सुनापतिको दावि

 शनिबार, भदौ २, २०७५ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप – जिलको सुनापति गाउँपालिकाले रामेछाप जिल्लाकै नमूना काम गरेको दावि गरेको छ । गाउँपालिकामा जनमैत्री काममार्फत आपूmहरुले जिल्लाकै नमूना काम गरेको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले दावि गरे ।
अध्यक्ष लामाले अहिले सुनापति गाउँपालिकाले गरेको काम हिजो पनि हुँननसकेको र आगामी दिनमा पनि हुन नसक्ने दावि गरे । अहिले सुनापति गाउँपालिकाले गरेको राम्रो काम इतिहासमा दर्ज हुने पनि अध्यक्ष लामाको दावि छ ।
गाउँपालिकाको कार्यालय स्थापनाको लागि ८३ रोपनी जग्गा प्रदान गर्ने स्थानीयबासीलाई पनि अध्यक्ष लामाले विशेष धन्यवाद दिंदै गग्जा दाताहरुको ताम्रा पत्रमा नाम लेखिने बताए ।
गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका प्रमुख धावा लामाले कृषि, सडक, खानेपानी, पशु, स्वास्थ्य लगायत नागरिकसँग जोडिएका विभिन्न विषयमा आमूल परिवर्तन ल्याउने गरि काम गरेको बताएका छन् ।
निर्वार्चित भएर गाउँपालिका प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा एक वर्षभित्र गाउँपालिकाका सबै वडाहरुमा विजुली बाल्ने प्रतिज्ञा गरेको स्मरण गर्दै प्रमुख लामाले आँपूmले गरेको बाचा पूरा गरेको बताए ।
आफूले गरेको बाँचा अनुसार गाउँपालिकाको कही वडाको केही बस्तीबाहेस ५ वटै वडामा विजुली बत्ति बलिसकेको बताए ।
त्यसैगरी कृषिमा आधुनिककरण ल्याउन पालिकाभित्रका कृषकलाई तालिम दिइएको, तरकारी तथा अलैँची खेती गर्ने किसानलाई प्रोत्साहनका लागि प्याकेज ल्यााइएको, पशुपालक कृषकलाई प्रोत्साहन गर्न जिल्लामै पहिलोपटक सुत्केरी भैसीलाई ३ हजार रुपैयाँ भत्ता दिन सुरु गरिएको पनि प्रमुख लामाले बताए ।
कृषकले सुत्केरी भैसीको फोटो र नामसहित गाउँपालिकामा आवेदन दिएपछि भैसीको भरणपोषणको लागि सुत्केरी भत्ता दिइने लामाले बताए ।
शिक्षाको गुणस्तर सुधारका लागि पनि महत्वपूर्ण योजनाहरु कार्यन्वयनको चरणमा रहेको लामाले जानकारी दिए । विद्यालयमा हाजिर नहुने शिक्षकहरुको परिपाटिलाई अन्त्य गर्न पालिकाका प्रत्येक विद्यालयमा सिसिटिभि र ईलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्न लागिएको र केहि विद्यालयमा जडान गरिसकिएको बताए ।
अन्य सरकारी कार्यालयहरुमा पनि यो प्रविधि भित्र्याइने लामाको भनाई छ । त्यसैगरी पालिकालाई आवश्यक पर्ने सम्पूर्ण औषधी खरिद गरिसकिएको र पालिकाका कुनै पनि स्वास्थ्य संस्थामा औषधी अभाव नहुने उनको दावी छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले आर्थिक वर्ष २०७५/७६ मा पालिकाबाट प्रवाह भएका सेवा र विकाश निर्माणका योजनाका बारेमा जानकारी गराएका थिए । उनले कार्यालय र कर्मचारी व्यवस्थापनको चुनौतीलाई समाधान गर्दै जनातालाई सुशासन र पारदर्शी रुपमा काम गरिएको बताए ।
प्रमुख प्रशासकीय अधिति भुजेलले आँपूmले गलत नियत राखेर काम नगरे स्पष्टोक्ति दिंदै केही तत्वले गलत प्रचार गरेर गाउँपालिकाको छवि धमिल्याउने प्रयास गरेको भन्दै खेद समेत प्रकट गरे ।
सान नेपालको सहजिकरणमा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका भित्रका ५ वटै वडाका वडाध्यक्षहरुले आर्थिक वर्ष २०७४÷७५ मा वडा कार्यालयबाट गरिएका विकास निर्माण तथा सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।
गाउँपालिकाका प्रवक्ता प्रेससागर थापाले सर्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको पनि सहभागिता रहेको थियो ।

प्रतिकृया

Add