नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ का अध्यक्ष चन्दबहादुर मगर ‘टलक’ सँग गरिएको कुराकानी प्रस्तुत छ :
गौश्वार रामेछाप जिल्लाकै विकट ठाउँ हो । त्यस्तो ठाउँको वडा अध्यक्ष यहाँ । वडाको विकास निर्माणका काम र समग्रमा वडाको गतिविधि कसरी सञ्चालन गरिरहनु भएको छ ?
विकास निर्माणको काम तीव्र गतिमा आगाडि बढेको छ । पहिलेको तुलनामा अहिलेमा धेरै परिवर्नत भएको छ । हामी जनप्रतिनिधि भइसकेपछि समाजलाई रुपान्तरण गरेका छौं । दुर्गम भनेर चिनिने गौश्वारा, शिक्षामा पछाडि ठाउँ गौश्वारा, झैझगडा भयो भनेर आलोचित हुने गौश्वारा । त्यो समाजलाई परिवर्नत गर्नको निम्ती हामी जनप्रतिनिधिहरु लागि परेका छौं । म वडा अध्यक्ष भइसकेपछि समृद्ध गौश्वारा बनाउनु पर्छ भनेर त्यहाँ जाँडरक्सी, जुवा तासजस्ता कुलतलाई बन्द गरिएको छ । समाजाबाट नकारात्मक कुराहरुलाई हटाउने उद्देश्यले हामीले जाँडरक्सी बन्द गरेका हौं । भविष्यमा भाइबहिनीहरुलाई राम्रो शिक्षा दिनुपर्छ भनेर अभिभवकहरुमा पनि जनचेतना फैलाउने काम गरेका छौं । कर्मचारीहरुलाई पनि सतर्क भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोला भनेर सूझाव र सल्लाह दिइएको छ । विकासको क्षेत्रमा सडकको समस्या थियो र विद्यालय भवनहरुको पनि समस्या थियो । त्यसलाई पनि सुधार गरिएको छ । पहिला र अहिलेमा धेरै कुरामा परिवर्तन आएको छ । सबै सम्पन्न भयो भन्न त सकिन्न तर पहिला र अहिलेमा धेरै परिवर्तन आएको छ ।
विगतमा गौश्वाराका जनताले सेवा सुविधा पाउँनु निकै कठिन थियो । अहिले चाहिँ सेवा सुविधासँग जनताको पहँुच कस्तो छ ?
पहिला र अहिलेमा फरक छ । पहिला कर्मचारीहरुले सेवासुविधा दिनुहन्थ्यो भने अहिले जनप्रतिनिधि आइसकेपछि रातदिन नभनी वडाले प्रवाह गर्ने सेवा सुविधा दिइएको छ । जनताहरु अहिले खुसी हुनुभाको छ । सयमा सयनै गर्न सकिन्छ भन्ने त होइन तर केही कारणसब दिन नसकिएका सेवा बाहेक ९० प्रतिशत सेवा जनतालाई दिन सफल भएको छ । पहिले भन्दा अहिले धेरै राम्रो सुविधा पाएकाछौं भनेर जनताले नै गर्वका साथ भन्नुहुन्छ ।
यहाँ वडा अध्यक्षमा निर्वाचित भएर आइसकेपछि पहिला हुन नसकेको नयाँ काम के गर्नुभयो गौश्वारामा ?
म वडा अध्यक्षमा निर्वाचित भएर आइसकेपछि पहिला र अहिलेको अवस्थामा आकाशपतालको फरक छ । स्वास्थ्य सेवा र बाटोको अवस्थामा सुधार ल्याउन सकिएको छ । जनताको सेवामा रातदिन नभनेर नै खटिरहेको छु । गाउँमा जाँड, रक्सी तथा जुवा तासको कारण दैनिकजसो झैझगडा हुने गथ्र्यो यस प्रकारको कुलतको अन्त्य भएको छ । यसको साथै समुदायका हरेक नकारात्मक पक्षलाई रुपान्तरण गरिएको छ । विनासकारी भूकम्पले भत्काएको घरहरुको पुनःनिर्माण हुन सकिरहेको थिएन । अहिले अधिकांश घरहरु निर्माण भइसकेका छन् । जाँड, रक्सी, धुम्रपान र मद्यपानलाई निषेध गरिएको हुँदा अहिले र पहिलेको गौश्वारामा धेरै परिवर्तत पाउँन सकिन्छ ।
जाँड, रक्सी, जुवा, तास जस्ता बिकृति बिसंगतिका कारण छोराछोरीलाई विद्यालय उमेरमा पनि स्कुल नपठाउने अभिभावकले नियमित रुपमा छोराछोरीलाई स्कुल पठाउनु पर्ने रहेछ भन्ने महशुस गरेका छन् । जवसम्म कुलतलाई संरक्षण गरिँदोरहेछ तवसम्म समुदायको परिबर्तन नहुने रहेछ भन्ने कुराको चेतना समेत भएको देखिन्छ । वडामा पहिले कुलत बिरुद्धको अभियान चलाउँदा मै बिरुद्ध लाग्नेहरु अहिले वडा अध्यक्षले जे गरेको रैछ हाम्रै र राम्रोको लागि गरेको रहेछ भनि पसंसा गर्न थाल्नुभएको छ । त्यसैले उहाँहरुले दिनु भएको माया र सद्भावका कारण मलाई पनि थप नयाँ काम गर्ने जोश, जाँगर र हौसला मिलेको छ । उहाँहरुको साथ सहयोग भोलीको दिनमा पनि रहिरहनेछ । यसले भोली समृद्ध गौश्वारा निर्माणका लागि थप टेवा पुग्ने कुरामा समेत म विश्वस्थ छु ।
यहाँले मदीरा सेवन र जुवा, तास जस्ता विकृतिले निर्माण निर्माणको काम अघि बढ्न सकेको थिएन भन्नुभयो । के मदीरा सेवन र जुवा, तासले पुनः निर्माणमा प्रभाव पारेको थियो र ?
सर्वप्रथम तँपाईको जिज्ञासाका लागि धन्यबाद । एकदमै महत्वपूर्ण बिषय उठान गर्नुभयो । यसकुरामा म के प्रष्ट पार्न चाहान्छु भने, पुनः निर्माणमा ढिलासुस्ती हुनु भने जाँड, रक्सी र त्यहाँको कर्मचारी संयन्त्र हो । पहिलो नम्वरमा दक्ष जनशक्तिको अभाव, दोस्रो जाँड, रक्सी र जुवा, तासले गर्दा काम गर्न सक्ने जनशक्ति दिनरात भुलेर बसेका थिए । यसले गर्दा पुनः निर्माणको काम अघि बढ्न सकेको थिए । त्यसैले वडा स्तरमा नै रहेका जनशक्तिहरुको आवश्यक सिप बिकासको लागि जिल्लामा समन्वय गरेर सिप बिकास सम्वन्धि तालिम आयोजना गरियो । यसको कारण पुनः निर्माणको लागि सीमित जनशक्तिमा भर पर्नुपर्ने अवस्थाबाट छुटकारा समेत मिलेको छ । संगसँगै धुम्रपान, मद्यपान, जुवा र तासलाई निषेश गरिसके पश्चात् अहिले तीब्र गतिमा पुनःनिर्माणको काम अगाडि बढेको छ । त्यसैगरी पहिला धुम्रपान, मद्यपान जस्ता कुराहरुले लाभग्राहिले पुनःनिर्माणका लागि लिएको अनुदान रकमको समेत दुरुपयोग गरेका थिए । अहिले उहाँहरु आफै आफ्नो अनुभव सुनाउँदै भन्नु हुन्छ, हामी गलत बाटोमा रहेछौ । अब गौश्वारालाई यसो हुन दिनुहुदैन बरु हामी कहाँ तपाईलाई सहयोग गर्नुपर्छ भन्नुहोला हामी सदा तयार छौं ।
मदीरा र जुवा, तास अन्त्यको लागि तपाईले गौश्वारामा अभियान नै चलाउनु भएको थियौ हैन ?
जनहितको लागि सु–स्वास्थ्य राष्ट्रिय अभियान, यो अभियान त गौश्वाराबाट सुरु मात्र भएको हो । यो गौश्वाराको लागि मात्र चलाएको होइन । यो अभियान हामी देशव्यापी भएको हेर्न चाहन्छौं । यदि यसो हुन सक्यो भने मैले नगरे पनि म आफैंले गरेको महसुस गर्नेछु । त्यसैले यो अभियान चलाएकै कारण वडा र समुदायमा परिवर्तन आएको छ ।
तपाईले आफ्नो वडाबाट सुरु गर्नुभएको अभियान अहिले दोरम्बा गाउँपालिकाले नै चलाएको छ नि, हैन ?
हो, मलाई एकदमै खुशी लागेको छ, पहिला कतिले जाँड, रक्सी र जुवा, तास जस्ता विकृति अन्त्य गर्ने भन्दा कतिले हाँसोमा उडाए । किनकी त्यहाँ जनजाति समुदायको बाहुल्यता भएको ठाउँ हो । शिक्षामा पछाडि परेको ठाउँ भएको हुनाले पनि मलाई यो अभियानको सुरुमा गाह्रो भयो । तर म हारिन, अर्काले हाँसी, मजाक र खिल्ली उडाउँदा मैले चुनौति दिए झैं महसुस गरेँ । अर्कोकुरा मान्छेले सोचेर काम ग¥र्यो भने के हुँदैन ? असफल भन्ने यो दुनिँयामा के छ ? भन्ने ढंगबाट म अगाडि बढेँ । अहिले गौश्वाराबाट सिकेर दोरम्बाको गाउँपालिका मात्र होइन अन्य जिल्लाहरुमा पनि लागू गर्नुभएको छ । म अहिले अन्त्यतै खुसी छु । यो अभियान निरन्तर चल्ने नै छ । र, गौश्वाराको समृद्धिको अभियानलाई म निरन्तर अगाडि बढाइरहने छु ।
गौश्वारा जनजातिहरुको बाहुल्यता भएको ठाउँ, त्यो ठाउँमा मदिरा निशेष गर्ने अभियान चलाउँदा चुनौतिहरु पनि आए होलान् नि हैन ?
अभियान सुरु गर्दा एकदमै गाह्रो अवस्था थियो । शिक्षामा पछाडि परेको विशेषगरी मगर समुदायको बाहुल्यता भएको ठाउँ । मदिरा निषेध गर्ने अभियानलाई कतिपयले सकारात्मक रुपमा सहयोग पनि गर्नुभयोे भने कतिपयले नकरात्मक रुपमा पनि लिए । धेरैले मेरो कुरा काटे तर मैले कसैको पनि कुरा नसुनी अभियानलाई अगाडि बढाइरहँे । मैले विधि र विधानलाई आधार मानेर काम गरेको थियो । गाउँका बुद्धिजीवि, शिक्षक युवा र विद्यार्थीलाई समेत समेटेर अभियान चलाएँ । मदिरा निशेष अभियानलाई विशेष गरि आमाहरु र चेलिबेटीहरुले साथ दिनुभयो । मलाई एकदमै खुसी पनि लाग्यो । मदीरा पूरै बन्द भयो भन्न त म सक्दिन तर ९० प्रतिशत चाहिँ बन्द भएको छ ।
यहाँले चलाउनु भएको मदिरा निषेधित अभियान सार्वजनिक ठाउँमा मात्रै मदिरा बन्द गर्ने हो या ब्यक्तिको घरमा पनि ?
म चाहन्छु मदीरा ब्यक्तिको घरमा पनि प्रयोग नहोस् । कराइमा पकाएर चोटामा लुकेर खानेलाई केही भन्न सकिन्न । सार्वजनिक ठाउँ, विवाह, ब्रतबन्ध, काजभोजहरुमा मदीरा प्रयोग नहोस भन्ने मेरो अभियानको उद्दश्य हो । अहिले जुवा, तास र सार्वजनिक ठाउँमा जाँड रक्सीको प्रयोग ठप्पै भएको छ । र, मेरा मान्यता पनि पूरा बन्द हुनुपर्छ भन्ने नै हो ।
भनेपछि मदीरा उत्पादन नै नगरौं भन्ने यहाँको कुरा हो ?
उत्पादन नै नभए, सरकारले उत्पादन गर्ने कम्पनी नै बन्द गरे एकदमै राम्रो हो । जाँड, रक्सी खाएर हामीलाई केही फाइदा छैन । बन्द गर्नु हुँदैन, खानैपर्छ भन्ने पनि प्रश्नहरु उठ्लान तर जाँड, रक्सी भन्ने चिज ठीक होइन । यसले खाने मान्छेलाई त असर गर्छ नै त्यतिमात्र नभएर परिवार र समाजलाई पनि असर गर्छ । त्यसकारण हामीले जाँड रक्सीलाई बन्द गर्नुपर्छ । परिवर्तन गर्नु छ भने आफैबाट सुरुवात गर्नुपर्छ भने झै गौश्वाराको समृद्धिको लागि जाँड, रक्सी निषेधित अभियानलाई पूर्ण रुपमा सफल पारिदिन पनि म वडाबासीलाई अनुरोध गर्न चाहन्छु ।
पहिला जाँड,रक्सी खाँदाको समाज र अहिले जाँडा रक्सी निषेधित गरेपछिको समाजमा के फरक पाउनु भएको छ ?
हिजो जाँड रक्सी खाँदाको अवस्था मानिसले ब्यक्तिगत रुपले मात्रै साच्थे । परिवार र समाजको बारेमा केही सोच्दैन थिए । जाँड रक्सी बन्द भइसकेपछि आफ्नो छोराछोरीलाई पढाउँनु पर्छ । कसरी पढाउने कस्तो ठाउँमा पढाउने भन्ने सोच्न थाल्नु भएको छ । भूकम्पले भत्काएको घरहरु पनि निर्माण भएकोे छ । त्यो भन्दा पहिलो घरहरु पुनःनिर्माणको काम सुरु नै हुन सकेको थिए । अहिले गाउँ समाजमा झैझगडा अन्त्य भएको छ । अहिले गौश्वारामा धेरै परिवर्तन आएको छ ।
तपाईले निर्वाचनको बेला जनतासँग गरेको प्रतिवद्धताहरु कति पूरा गर्नुभयो ?
निर्वाचनको बेलमा भोट माग्ने क्रममा मैले भनेको थिए । गौश्वारालाई म सुइजरल्याण्ड बनाउँछु भन्दिन र बनाउन पनि सक्दिन । म आपूmले गर्न सक्ने कुरामात्र भन्नु भनेको थिए । मैले स्थानीय आवश्यकलाई भने अवश्य नै पूरा गर्नेछु र गौश्वाराको विकासको लागि म रातदिन नभनी खट्ने छु भनेको थिए । हिजो जनतासँग गरेको बाँच अहिले मैले पूरा गरेको छु । अहिले शिक्षा, स्वास्थ्यमा सुधार आएको छ । टोलटोलमा सडक पुगेको । विद्यालय भवन नभएको ठाउँमा अहिले तीब्र गतिमा निर्माण भइरहेको छ । पहिलेको तुलनामा अहिले गौश्वाराको विकासले फड्को मारेको छ । वडाबासीहरु पनि अहिले एकदम खुसी हुनुहुन्छ ?
निर्वाचनको बेला जनतासँग जे बाँच गर्नुभएको थियो त्यो कुराको सुरुवात गर्नुभएको छ । पाँच वर्षमा गौश्वारलाई कस्तो बनाउने कल्पना गर्नुभएको छ ?
वडाबासीलाई आवश्यकता परेको र पर्ने कुराहरु के–के हो मेरो कार्यकालमा अवश्य नै पूरा गर्नेछु । सडकको कुरा गर्दा बर्खाको समयमा क्यूको गाडी चल्न नसक्ने अवस्था छ । रामेछाप जिल्लाकै विकट ठाउँमा पर्ने गौश्वाराको समृद्धिको लागि गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्रीय सरकारबाट पनि म सहयोगको अपेक्षा राख्द छु । मैले गरेको बाँचा भन्दा पनि जनताले पाउँनुपर्ने सुविधा दिन सकुँ भन्न चाहन्छु ।
गौश्वारको विकास र समृद्धिको लागि अहिलेको चुनौति के हो ?
भौगोलिक विकटताको कारणले पनि गौश्वारालाई अन्य वडाहरु सरह समानुपाति ढंगले बजेट विनियोजन गर्नु हुँदैन । गौश्वाराको आवश्यकताको आधार माथिल्लो निकायबाट हेरियोस् भन्न चाहन्छु । गौश्वाराको भूगोल पनि ठूलो छ । गौश्वाराको चुनौति भनेको सडक र शिक्षा नै हो । सडकलाई नियमित गर्न सकिएको छैन । माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालय छैन । उच्च माविसम्मको विद्यालय सञ्चालन गर्नु आवश्यक छ । त्यसको लागि गाउँपालिका र प्रदेशको पनि ध्यान पुगोस भन्न चाहन्छु । पैसाको अभावमा चाहेर पनि गौश्वाराबासीले आफ्ना बलबाच्चालाई अन्य ठाउँमा लगेर पढाउन सकेका छैनन् । त्यसकारण गौश्वारामा एउटा माध्यमिक विद्यालय सञ्चालन गर्न आवश्यक छ । पहिलो प्राथमिकता चाहि सडकलाई नै दिनुपर्छ । सडक हिँद बर्खा नै सञ्चालन हुने गरि निर्माण गर्न बजेटको ब्यवस्था गर्न जरुरी छ ।
गौश्वारामा कुन–कुन सरकारी कार्यालय रहेका छन् । कर्मचारीहरु गौश्वारामै बस्छन् अहिले ?
विगतमा कर्मचारीहरु गौश्वार जान मान्दैन थिए । गौश्वारा खतरा ठाउँ हो भन्ने भ्रम पनि थियो कर्मचारीहरुमा । तर म वडा अध्यक्ष भइसकेपछि त्यहाँ गएका कर्मचारीहरु सरुवा हुन मान्दैनन् । मैले यो बढिकुरा गरेको होइन । अहिले जति पनि कर्मचारीहरु हुनुहन्छ, उहाँहरुले गौश्वारा हामीले सोचेजस्तो होइन रहेछ, यो त सुन्दर गौश्वारा रहेछ भन्नु हुन्छ ।
गौश्वारका आर्थिक श्रोत के हुन र तपाईले गौश्वाराको आर्थिक समृद्धिको लागि के सोच्नुभएको छ ?
गौश्वारको आर्थिक समृद्धिको लागि मैले दीर्घकालीन हुने गरि सोचेको छु । तत्काल नहोला तर अवश्य हुने छ । त्यहाँको मुख्य आर्थिक श्रोत भनेको कृषि नै हो । गौश्वारको आलूलाई बाहिर पठाउँने ब्यवस्था मिलाउन सकियो भने र पशुपालनमा कृषहरुलाई प्रोत्साहन गर्न सकियो भने मात्रै पनि गौश्वारलाई आर्थिक रुपले समृद्ध बनाउन सकिन्छ ।
गौश्वाराको मुख्य आम्दानीको श्रोत के हो र अहिले त्यहाँको जनताको आर्थिक जीवनको अवस्था के हो ?
गौश्वाराको पहिलो आर्थिक श्रोत भनेको कृषि नै हो । कृषिमा पनि विशेष गरि आलू खेती हो । देशभरीकै एक नम्बरको आलू भनेको शैलुङ्गको आलू हो । त्यहाँ धान हुदैन । यहाँ हुने भनेको आलूपछि काउली खेती हो । यहाँको आर्थिक अवस्था यसले धानेको छ ।
जसरी अहिले मुडेको आलूको चर्चा छ नि, गौश्वारको आलूलाई त्यसरी चिनाउन किन सकिरहेको छैन ?
चिनाउन सकिन्छ । यसलाई केही मेहनत गर्नुपर्छ । मुडेको आलू पनि यहीबाट जाने हो । मुडेको भनेर चिनिने आलूलाई शैलुङ्गको आलू भनेर चिनाउन यहाँका युवाहरु सक्रिय हुनुपर्छ । यहाँका युवाहरु कृषि क्षेत्रमा लागिपरे भने अवश्य पनि जीवन जिउन चाहिँ गाह्रो छैन ।
गौश्वारा कृषि मात्रै नभएर पर्यटन र जडिबुट्टीको पनि सम्भावना भएको ठाउँ हो । यदि गौश्वारामा पर्यटकको विकास गर्ने र जडिबुट्टीलाई सदुपयोग गर्न सक्ने हो भने त दोरम्बा गाउँपालिकाकै धनी बडा बन्न सक्छ । यसमा तँपाइले केही सोच्नु भएको छ ?
गौश्वारा कृषि, पर्यटन, जडिबुट्टि लगायत प्राकृति श्रोतहरुले धनी वडा हो । यहाँ यी सकारात्मक पक्षहरुको अलावा आफ्नै किसिमका विकृति र विसंगतिहरु पनि व्याप्त छन् भने कुरालाई यहाँले ईंगित गर्नुभयो । यसमा केहि सत्यता पनि छ । जाँड, रक्सी जस्ता कुलतको कारणले शैक्षिक अवस्था समेत पछाडि परेको हो । शिक्षा र जनचेतनाको कमीको कारण सोचे अनुरुपको परिवर्तन गर्न नसकिएको होला । यद्यपी म अहिले निर्वाचित भएर आइसकेपछि वडाको विकृतिजन्य कुराहरुको अन्त्य गरी सकारात्मक बाटोतर्फ वडालाई लैजाने प्रयत्न गरेको छु । अब समृद्धिका कुरा गरिहँदा कृषि, पर्यटन, प्राकृतिक श्रोत र साधनले समेत धनी गौश्वाराको रुपमा विकास गर्ने किसिमका योजनाहरु समेत अघि सारिएको छ । साथै वडाभित्र पहिले हुलदंगा र झैंझगडा समेत भयो होला अब यस्तो घट्नाहरु गौश्वारामा हुने छैनन् । समाजलाई विकासको गति दिनको लागि हामी जस्तो युवाहरु दिर्घकालिन योजना निर्माण गरि झन् शसक्त भएर लागि पर्नुपर्छ ।
जसरी आममानिसले गौश्वारालाई बुझेका थिए अव तँपाई टलक मगर वडा अध्यक्ष भइसकेपछि गौश्वारालाई कसरी बुझ्ने ?
गौश्वारा पहिला र अहिलेमा निकै भिन्न भइसकेको छ । यहाँको विकृति र कुलतजन्य क्रियाकलापहरुलाई निषेध गरेसँगै यहाँका अधिकांश समस्याहरु स्वतः हल भएका छन् । दैनिक घरमा हुने कलह, पारिवारिक कलहको कारण सामाजिक सद्भाव जस्ता कुरामा आँच आएको थियो । अहिले यस्ता समस्याहरु समाधान भइसकेको छ ।
प्रदेश सरकार र संघीय सरकार सँग चाहिँ गौश्वाराको अपेक्षा के हो ?
गौश्वारा विकटसँगै भौगोलीक हिसाबले पनि ठूलो क्षेत्रफल छ । वडाको बजेटले मात्रै पुग्दैन । त्यसकारण पालिकाले त गरिनै हाल्छ । प्रदेश र संघीय सरकारले पनि बजेट विनियोजन गरेर सहयोग गरिदिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु । गौश्वारालाई समृद्ध बनाउन सबैको साथ सहयोगको आवश्यकता छ । र, म पनि जनताको चाहना र आवश्यकतालाई पूरा गर्नको लागि निरन्तर लागिरहने छु ।
वडा अध्यक्ष भएपछि यो चाहिँ काम एकदमै राम्रो गरे भनेर आफैले गर्व गर्ने काम तपाईले के गर्नुभयो ?
विकास निर्माणको काम त सबैले गर्छ नै जनप्रतिनिधि भइसकेपछि बाध्यता नै छ । जनतालाई वडाबाट दिनुपर्ने सेवा सुविधान पनि दिंनै पर्ने हुन्छ । मध्यपान धुम्रपान र जुवातास नियन्त्रणको लागि जनहितका लागि ‘सु–स्वास्थ्य राष्ट्रिय अभियान’ चलाइसकेपछि गौश्वाराको समाजमा परिवर्तन आएको छ । मैले वडामा चालएको राष्ट्रिय सु–स्वास्थ्य अभियानको घोषणा संघीय सरकारले पनि गरेको छ । मेरो लागि यो भन्दा गर्व गर्न लायक काम अरु के हुनसक्छ र !
अन्तमा वडा अध्यक्षको हैसियले वडाबासीहरुलाई भन्नै पर्ने कुरा केही छ ?
कुनै बेला मैले वडाबासीलाई भनेकै समयमा सेवा सुविधा दिन सकिन होला । त्यसको लागि म क्षमा माग्न चाहन्छु । मैले वडाको जनताको लागि ९० प्रतिशत समय दिएको छु । तर पनि कहिलेकाही कारणबस जनताले भनेकै बेलामा सेवा सुविधा नपाएको पनि हुनसक्छ । म पनि मान्छे हुँ केही कमीकमजोरी भयो होलो । एक वर्षमा मात्रै सबैको चाहनालाई पूरा गर्न सकिन होला । त्यसकारण आगामी दिनमा जनताको चाहनालाई पूरा गर्नेछु । एकै वर्षमा त सबै सम्भव नहोला तर मेरो पाँच वर्षे कार्यकालमा जनताको चाहना र आवश्यकतालाई अवश्य पूरा गर्नेछु ।