महिला हिंसाको विरुद्धमा प्रदर्शन

 बिहिबार, भदौ ७, २०७५ | onlinenews

राजिव कार्की


रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा राष्ट्रिय प्रजातान्त्रिक पहिला संगठनले पहिला हिंसाको विरुद्धमा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको भगीनी संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रामेछापले शान्ति सुरक्षा कायम गर्न माग गर्दै विरोध ¥याली निकालेको हो ।
महिला र बालबालिकामाथि श्रृंखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेकाले शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ ।
श्रृंखलाबद्ध रुपमा भएको महिला तथा बालिका बलत्कार र हत्याले नारी अस्मितामाथि निरन्तर प्रहार भइरहँदा पनि दुइतिहाइको सरकार मुकदर्शक भएर बसेको प्रदर्शनकारीको आरोप छ ।
राप्रपाको प्रदेश ३ को सदस्य समेत रहेकी नेतृ रिता माझीको नेतृत्वको टोलीले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय रामेछापमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
विभिन्न ठाउँमा भएका बलात्कार सहित हत्याका अपराधीलाई कडा भन्दा कडा कार्वाही गर्न, नेपालको संविधानमा व्यवस्था गरिएको महिला हकको सुनिश्चितता गर्न र बंगलादेशमा चिकित्सा शिक्षा अध्यननका लागि गएका छात्राहरुको चरित्र हत्या हुने गरी अभिब्यक्ति दिनेहरुलाई तत्काल कार्वाही गर्न पनि प्रजातान्त्रि राष्ट्रिय महिला संगठनले मागरेको छ ।

प्रतिकृया

Add