रामेछापको गाइखुरामा एकीकृत बस्ती बन्ने

 बिहिबार, भदौ ७, २०७५ | onlinenews

रामेछाप– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भुकम्प प्रभावित तीन जिल्लामा गरि पाँच वटा एकीकृत बस्ती निर्माण गर्ने योजनामा रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ गाइखुरा पनि परेको छ ।
पुनःनिर्माण प्राधिकरणले रामेछापको गाइखुरा, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ खर्कडाँडास्थित नोर्वुलिङ, मेलम्ची नगरपालिका–१२ मा नमदोलिङमा, र भोटेकोशी गाउँपालिका ५ को त्याङथाली एकीकृत नमूना बस्ती बनाउने योजनालाई स्वीकृत गरेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेवपुर नगरपालिका, तीनधारामा होमस्टेसहितको एकीकृत नमुना बस्ती विकास गर्ने योजना पनि स्वीकृत गरेको छ ।
यसैगरी राष्ट्रिय प्राधिकरणले सेवाग्राहीको आवास निर्माणसम्बन्धी गुनासो प्रमाणित गर्ने अधिकार स्थानीय तहलाई नै दिएको छ । निजी निवास निर्माणको गुनासोमा देखिएको समस्या सम्बोधन गरी प्रमाणित गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिने निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिकृया

Add