खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमती वेपत्ता

 बुधबार, भदौ १३, २०७५ | onlinenews

रामेछाप– भिषण वर्षापछि खोलामा आएको बाढीले बगाउदाँ रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ नागदहमा एकजनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।
बस्तुलाई घाँस हालेर घर फर्कने क्रममा स्थानीय खोलाले बगाउँदा छापगाउँका अन्दाजी ३५ वर्षका सिंहबहादुर तामाङ र उनकी ४२ वर्षिया श्रीमती राममाया तामाङलाई खोलाले बगाएको हो ।
राति अवेरसम्म पनि घर नआएपछि ती दम्पतीका छोराछोरीले छरछिमेकमा खबर गरेका थिए । स्थानीयले खोजी गर्ने क्रममा सिंह बहादुरको शव भेटिए पनि उनकी श्रीमती राममाया भने बेपत्ता छिन् ।

प्रतिकृया

Add