पहिरोको उच्च जोखिममा परेका १५ परिवारलाई सुरक्षित स्थानमा सारियोे

 बुधबार, भदौ १३, २०७५ | onlinenews

रामेछाप– रामेछाप जिल्लको उमाकुण्ड गाउँपालिकाभित्र पहिरोको उच्च जोखिममा परेका १५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोको जोखिममा परेका घरपरिवारलाई गाउँपालिकाको पहलमा सुरक्षित स्थानमा सारिएको हो ।
केही दिनयताको निरन्तर वर्षाको कारण २०७२ सालको विनासकारी भूकम्पबाट चिराचिरा भएको जमिनमुनी पानी गएकाले जमिन फाएिर भासिनुका साथै पहिरो गएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबादुर सुनुवारले जानकारी दिए ।
उमाकुण्ड गाउँपालिका अन्तर्गत पहिरोका कारण पाँच दर्जन भन्दा बढी घरहरु जोखिमा रहेकोको पनि गाउँपालिका अध्यक्ष सुनुवारले जानकारी दिएका छन् ।
पहिरोको जोखिममा परेका मध्ये उच्च जोखिममा परेका १५ परिवारलाई भने सुरक्षित स्थानमा सारिएको अध्यक्ष सुनुवारले बताए ।

प्रतिकृया

Add