पत्रकार महासंघ रामेछाप सम्मानित

 आइतवार, अशोज १४, २०७५ | onlinenews

रामेछाप- नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल पत्रकार महासंघ रामेछाप शाखालाई सम्मान गरेको छ ।
संस्थाले शनिबार आफनो २० औ बार्षिक साधारण सभाको अबसर पारेर कदरपत्र सहित सम्मान गरको हो ।
महासंघले आफ्नो संस्थागत बिकास र पत्रकारिता क्षेत्रको बिकासमा उल्लेख्य भूमिका निर्बाह गरी प्रशंसनीय र कदर योग्य कार्य गरेको भन्दै सम्मान गरेको हो ।
संस्थाले महासंघको संस्थागत विकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ १ सेट डेक्सटप कम्यूटर समेत प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि शान्तिप्रसाद पौडेलले महासंघका अध्यक्ष रमेश ढुगेललाई सम्मान गरेका थिए । पत्रकारिताको संस्थागत विकास र महासंघमा आवद्ध पत्रकारलाई नवजागरण सहकारीको अभियानमा क्रियाशिल हुन सहयोग पुगोस उद्देश्यले महासंघलाई सम्मान गरिएको संस्थाका अध्यक्ष श्याम थापाले बताए ।

प्रतिकृया

Add