वचत संस्थाहरु उत्पादनमुखि हुनुपर्छः पौडेल

 आइतवार, अशोज १४, २०७५ | onlinenews

रामेछाप-३ नम्बर प्रदेश अन्तर्गत प्रदेशसभा ‘क’ रामेछापका सांसद शान्तिप्रसाद पौडेलले सवै सहकारी संस्था उत्पादनमुखी काममा लाग्नु पर्ने बताए ।
नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीको शनिवार आयोजना गरिएको २० औं साधारण सभाको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै सांसद पोडेलले यस्ता बताएका हुन् ।
सांसद पौडेलले सहकारीको अभियानलाई उत्पादनसँग जोड्न सकेमात्र समृद्ध समाजको निर्माण हुन सक्ने बताए ।
सहकारी समाज विकास र परिवर्तनको सम्वाहकको रुपमा प्रयोग हुन सक्ने साधन भएकोले त्यसका सञ्चालकहरुले सुझ बुझका साथ नीति, बिधि र प्रकृया भित्र रहेर सहकारीलाई उत्पादनमुखि अस्त्रको रुपमा प्रयोग गर्न आग्रह गरे । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले पछिल्लो समयमा एक सदस्य बहु सहकारीमा सदस्यता बन्ने अभियानले तीब्रता पाएको बताए ।
एकै ब्यक्ति धेरै सहकारीको सदस्य बन्ने कुरालाई कानूनले निस्तेज गर्न लागेको भन्दै एउटा मात्र सहकारी रोजेर सदस्य बन्न उनले सबैमा आग्रह गरे ।
कतिपयले सहकारीलाई ठगी खाने भाडोको रुपमा प्रयोग गरेको जानकारी आएको बताउँदै त्यस्ता सहकारीहरुले तत्काल पारदर्शी रुपमा अघि बढन आग्रह गरे ।
सर्बसाधारण नागरिकले गास कटाएर बचत गरेको धन माथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यस्ता खालका गतिबिधि गर्नेहरुमाथि स्थानीय सरकारले कार्वाहिको प्रक्रिया अगाडि बढाउने पनि उनले बताए ।
रामेछाप जिल्लाको दोस्रो ठूलो सहकारी संस्थाको रुपमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीले आ.ब २०७४÷७५ मा १ करोड २४ लाख १८ हजार ९० रुपैयाँ नाफा कमाएको संस्थाका कोषाध्यक्ष जगन्नाथ दाहालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको संगठनिक प्रतिबेदन पेश गर्दै सचिव सोमेस थापाले कुल ५ हजार २ सय ४३ जना शेयर सदस्य रहेको संस्थाको ३२ कारोड रुपैयाँकोे काराबवार रहेको बताए ।
साधारणसभाको अवसरमा संस्थाले आफना असल बचतकर्ता, असल ऋणि, जेष्ठ नागरिक बचत कर्ता लगायतलाई सम्मान गरेको थियो ।
संस्थाले विद्यार्थीहरुको क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको अन्तर माबि स्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजयी प्रतियोगिलाई पनि पुरस्कृत गरेको थियो ।

प्रतिकृया

Add