स्वर्ण र रजत पदक बिजेता खेलाडी सम्मानीत

 आइतवार, अशोज २१, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


१८ औं एसियायी खेलकुदमा नेपालको तर्फबाट सहभागी भइ विभिन्न विद्यामा १ स्वर्ण र ४ रजत पदक प्राप्त गरेका खेलाडीलाई संमान गरिएको छ ।
एनएसएफ स्पोट्र्स ग्रुपको आयोजनामा काठमाडौंको अन्नपूर्ण होटलमा एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई संमान गरिएको हो । बिजयी खेलाडीहरुलाई काङ्ग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले खादा र प्रसंशा पत्र प्रदान गरेर सम्मान गरेको हो ।
बाङ्लादेशमा सप्पन्न भएको शेख कमल मेमोरियल इन्टरनेशनल मार्शल आर्टमा मदन भण्डारी स्पोट्र्स एकेडेमी मार्सल आर्ट नेपाल मुनिजशिरोइ शिशी रियो कराते संघको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई १ स्वर्ण र ४ रजत पदक दिलाएका थिए । जस अन्तर्गत जेमिन महर्जनले स्वर्ण पदक र रोशन श्रेष्ठ, कमल भुजेल जीतबहादुर श्रेष्ठ, प्रकाश थापामगर र बिश्व कल्याण लामाले रजत पदक प्राप्त गरेका थिए ।
सोही कार्यक्रममा समाजसेवी तथा राजनीतिक ब्यक्तिलाई पनि सम्मान गरिएको छ । जसमा रामचन्द्र खड्का, डिकबहादुर योन्जन र चमार सिंह लामालाई सम्मान गरिएको हो । त्यस्तै अफिसियल टिम खेल पत्रकार एवं प्रतिभावान खेलाडीहरुलाई पनि सम्मान गरिएको छ ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस महामन्त्री डा शशांक कोइरालाले आफू पनि विद्यार्थी जीवनमा खेलकुदको असली फ्यान रहेको भन्दै खेलाडी र खेलकुदको विकासमा आफू सधै लागि पर्ने बताए ।
सम्मान कार्यक्रम एनएसएफ स्पोट्र्स ग्रुपका अध्यक्ष एसपि त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिकृया

Add