न्यायको वैकल्पिक उपाय मेलमिलाप : न्यायधिश रेग्मी

 आइतवार, अशोज २१, २०७५ | onlinenews
Share this

गम्भीर राज दंगाल


रामेछापका जिल्ला न्यायधिश माधवेन्द्रराज रेग्मीले मुद्दामा दुवै पक्षको जित हुने, समय कम लाग्ने र कम खर्चिलो पनि भएकाले मेलमिलाप न्यायको वैकल्पिक उपाय भएको बताएका छन् ।
गाउँपालिकाको समन्वयमा तामाकोशी सेवा समितिद्धारा गोकुलगंगामा आयोजना गरेको न्यायिक समिति र मेलमिलाप कर्ताबीच अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै न्यायधीश रेग्मीले मेलमिलाप न्यायको सर्वोकृष्ट उपाय भएको वताएका हुन् ।
कार्यक्रममा गोकुलगंगाको न्यायिक समितिले गरेका कार्यहरुको बारेमा जानकारी गराउँदै संयोजक एवं गाउँपालिका उपाध्यक्ष राधिका नेवारले समितिमा हालसम्म २७ वटा विवादका उजुरी परेकोमा १८ वटा समाधान भइसकेको बताइन ।
२७ वटा विवादमा जग्गाको साँध सिमाना सम्बन्धी ११ वटा झैझगडा ४, घरेलु हिंसा सम्बन्धी २, बालबच्चाको लालनपालन १, खोजतलास सम्बन्धी २, लेनदेन सम्बन्धी २ वटा रहेका छन् भने बाँकी ५ वटा विवादको म्याद थप गरेको छ ।
रामेछाप जिल्लाको ६४ वटै वडामा गरी ७२ वटा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भइसकेको जानकारी दिँदै गाउँको विवाद गाउँमै मिलाउन सामुदायिक मेलमिलाप कर्ताले महत्वपूर्ण भूमिका खेलेको भन्दै तामाकोशी सेवा समितिका प्रतिनिधि तथा पत्रकार हिमाल ढुङ्गेलले मेलमिलाप कर्ताको कामको प्रशंसा गरे ।
राम्रो काम गर्ने मेलमिलाप कर्ताको लागि रिफ्रेसर तालिम ल्याउन संस्थाले पहल गर्ने पनि ढुङ्गेलले बताए ।
गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलाप कर्ताले निर्वाचित जनप्रतिनिधि आएपछि आफूहरुलाई बास्ता नगरेको र समय परिस्थिति अनुसार सेवा सुविधा पनि नभएको गुनासो गरेका छन् ।
मेलमिलाप कर्ताको गुनासोको बारेमा ६ नं. वडाका अध्यक्ष चन्द्रबहादुर सुनुवारले समन्वय गरेर काम गरे आफूहरु सँधै सहयोग गर्न तयार रहेको वताए ।
मेलमिलाप कर्ताको अनुभाव साटासाट कार्यक्रमपछि सहायक जिल्ला न्यायधिवक्ता कृष्णवडु भण्डारीको संयोजकत्वमा सर्वसाधारण जनताको न्यायमा पहँुचको लागि सकारी वकिलको भूमिकाको बारेमा समेत छलफल भएको थियो ।

Share this

प्रतिकृया

Add