काँग्रेसभित्र गुट–उपगुटले भातृ संगठनमा पनि असर प¥यो : बस्नेत

 आइतवार, अशोज २८, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं– नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले काँग्रेस भित्र बढेको गुट–उपगुटले त्यसको भातृ संगठमा पनि असर परेको बताएका छन् ।
नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछपले काठमाडौं मध्य बानेश्वरको म्याकडोनल्ड पार्टी प्यालेसमा आयोजनामा गरेको दशै, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदा कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने– तरुण दल मात्र यस्तो संगठन हो जसमा कुनै गुट–उपगुट छैन । काङ्ग्रेस नेतृत्वले गुट–उपगुट अन्त्य गर्ने हो भने कुनै पनि भातृ संगठनमा गुट उपगुट नरहने पनि उनले दावि गरे ।
वर्तमान सरकार गठन प्रक्रिया गैरकानूनी हुँदा पनि पार्टी चुप बस्नु नै कमजोर भयो उनले भने । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै तरुण दलका महासचिव भुपेन्द्र जंग साहीले आफू मात्र बन्ने र आफैले मात्र पद पाउने स्वार्थ प्रवृत्ति बोकेका मान्छे हावी भएका कारण पार्टी कमजोर भएको बताए ।
नयाँ पुस्तालाई पनि अवसर दिनुपर्ने उनको भनाई छ । यस्तै तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले पार्टीमा गुटबन्दि अन्त्य हुने हो भने पार्टी शसक्त हुने र प्रभावकारी भूमिकामा रहने दाबी गरे ।
कार्यक्रममा शुभकामना दिने अधिकांस बक्ताहरुले पार्टी भित्रको गुटबन्दी अन्त्य हुनुपर्ने धारण राखेका थिए ।
तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षतामा भएको कार्यक्रममा काँगै्रस जिल्ला सभापति लबश्री न्यौपाने, पूर्व सभापति रामचन्द्र खड्का, नेताहरु अर्जुन केसी, युवराज भट्टराई, पूर्णबहादुर तामाङ (कान्छाराम), बिरबहदुर तामाङ, जिल्ला पार्टी प्रबक्ता नारायण बहादुर खड्का, भोजराज खड्का (सुन्दर) बिनोद कार्की, बिष्णु बस्नेत भरत चौलागाईं, बिनिता खड्का कुमार श्रेष्ठ, जीतेन्द्र बहादुर मोक्तान, महिला संघ सभापति गंगा अधिकारी लगायतको उपस्थित रहेको थियो ।

प्रतिकृया

Add