वडा सचिव कार्यालयमा नबस्दा सेवाग्राही मारमा

 सोमवार, अशोज २९, २०७५ | onlinenews

रामेछाप- वडा सचिवहरु वडा कार्यालयमा नबस्नु रामेछाप जिल्लाभरीकै समस्याको रुपमा रहेको छ । नगरपालिका तथा गाउँपालिका अन्तर्गतका धेरैजसो वडा सचिवहरु वडा कार्यालयमा नभेटिने सेवाग्राहीको गुनासो आउने गरेको छ ।
त्यस्तै दोरम्बा गाउँपालिका अन्तर्गत वडाका सचिवहरु इन्टरनेट तथा बैंकको कामको लागि भन्दै सदरमुकाम मन्थलीमै बस्ने गरेका छन् । सचिवहरु वडा कार्यालयमा नबस्दा स्थानीय सेवाग्राहीले भने सास्ती खेप्नु परेको छ ।
वडा सचिवलाई ७ महिनादेखि वडा कार्यालयमा भेट्न नपाइएको सेवाग्राहीको गुनासो छ । दोरम्बामा विद्युतिकरणको काम भइरहेको र विद्युतिकरणको लागि मालपोल बुझाउने पर्ने भएकाले वडा सचिव वडा कार्यालयमा नबस्दा सेवाग्राहीले मालपोत समेत बुझाउन नपाएको स्थानीय कुमार कडेलले बताए ।
सेवाग्राही मालपोत बुझाउन जादा मालपोत सम्बन्धि जानकारी भएको ब्यक्ति खोजेर लेख्न लगाउनु पर्ने बाध्यता रहेको उनले बताए ।
गाउँपालिकामा आवश्यकता अनुसारको सचिव नभएको र भएका सचिव पनि वडा कार्यालयमा नबस्दा सेवाग्राही समस्यामा परेको गाउँपालिका अध्यक्ष कमान सिंह तामाङले बताए । ७ वटा वडा रहेको दोरम्बा गाउँपालिकामा ३ जनामात्रै वडा सचिव रहेका छन् ।
भएका ३ जना सचिवलाई पनि सेवाग्राहीले काम परेको बेला वडा कार्यालयमा भेट्न सक्दैनन्, कार्यालयले खोज्दा सचिव मोवाइल स्वीचआफ गरेर बस्छन् अध्यक्ष तामाङको गुनासो छ । केन्द्रीय सरकारले कर्मचारीको ब्यवस्था गर्न नसक्दा कार्यसम्पादन गर्न कठिन भएको पनि अध्यक्ष तामाङले बताए ।
वडा कार्यलयमा बसेर काम नगर्ने कर्मचारीलाई काममा कसरी ल्याउने भन्ने बारेमा प्रक्रिया अगाडि बढाइएको पनि अध्यक्ष तामाङले जानकारी दिए ।
वडा सचिवहरुले जनप्रतिनिधिहरुलाई यिनीहरु केही होइन भन्ने ठानेको र प्रमुख प्रशासकीय अधिकृतलाई पनि नटेरेको समेत अध्यक्ष तामाङले गुनासो गरे । वडाका कर्मचारीले काम नगर्दा अपेक्षा गरे अनुसारको कार्य सम्पादन हुन नसकेको तामाङको भनाई छ ।
वडा सचिवहरुलाई बारम्बार फोन सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विनोद कोइरालाले बताए । इन्टरनेट र बैंकको कामको बहाना बनाएर सचिवहरु मन्थली बस्ने गरेको भन्दै गाउँपालिकामा इन्टरनेट सेवा र बैंक समेत स्थाना भइसकेकाले आपूmखुुसी हिड्ने सचिवलाई अबका दिनमा छुट नदिने र नियमन गर्ने पनि प्रमुख प्रशासकीय अधिकृत कोइरालाको भनाई छ ।
पर्याप्त कर्मचारी नहँुदा नागरिकलाई प्रवाह गर्ने सेवा प्रभावकारी हुन नसकेको वडाका जनप्रतिनिधहरुको भनाई छ । केन्द्र सरकारले आवश्यकता अनुसारको वडा सचिव व्यवस्था नगर्दा जनप्रतिनिधिहरु झोलामा कार्यालय बोकेर हिँड्न बाध्य भएको वडा अध्यक्षहरुले गुनासो गरेका छन् ।

प्रतिकृया

Add