सहकारीलाई उत्पादनसँग जोड्नु पर्छः पौडेल

 सोमवार, अशोज २९, २०७५ | onlinenews

रामेछाप- रामेछाप प्रदेशसभा ‘क’ का सांसद शान्तिप्रसाद पौडेलले सहकारीलाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताएका छन् । पछिल्लो समय परम्परागत शिपहरु लोप हुँदै गएको भन्दै शीप हस्तान्तरण महत्पूर्ण कुरा भएकाले पुराना शील तथा कलाहरुलाई बचाउनको लागि सहकारीले लगानी गर्नुपर्ने पौडेलको भनाई छ ।
मानिसहरुले परम्परागत शीत र कलालाई विर्सिदा आयश्रोत घटेको तर खर्च बढ्दै गएकाले आपूmसँग भएको सिप नबेच्ने हो भने अब टिक्न सक्ने अवस्था नभएको संसाद पौडेलको भनाई छ ।
लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीमा रहेको जनसहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं साधारणसभा तथा ८ औं अधिवेशनको उद्घाटन समारोहलाई संवोधन गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।
‘हामीसँग भएको शीप, सप र श्रम नमिलाई उत्पादन नबढ्ने भएकाले त्यो उत्पान बढाउने पैसा सहकारीले लगानी गर्नुपर्छ पौडेलले भने ।’ बाख्रा पालन, गाई पालन, कुखुरा पालन र नगदे खेतीबाट राम्रो आम्दानी गर्न सकिने र त्यसको लागि बजार पनि पर्याप्त भएकाले त्यस क्षेत्रमा सहकारीले लगानी गर्नुपर्ने पर्छ सांसद पौडेलले भने ।
उत्पादनमुखी क्षेत्रमा लाग्न कृषकलाई प्रोत्साहन गर्न पनि संसाद पौडेलले सहकारीलाई आग्रह गरे ।
त्यसैगरी पूर्व संविधानसभा सदस्य तारानारायण श्रेष्ठले वर्तमान सरकारले कर बढि लगाएको भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । घरमा पालेको खसी, बाख्रा बेच्दा पनि सरकारलाई कर तिर्नुपर्छ भनेर हल्ला चलाइएको छ, यो गतल हो ।
‘ब्यक्तिले घर पालेको खसी, बाख्राको कर लाग्दै, यदि ब्यवसायिक फर्म दर्ता गरेर सञ्चालन गरेको छ भने खसी, बाख्रा मात्रै हैन सबै ब्यवसायको राज्यलाई कर तिर्नुपर्छ, यो संसार भरीकै नियम हो श्रेष्ठले भने ।’
सरकारले केही गरेर भनेर हल्ला चलाइएको छ, यो सब झुठ हो । वर्तमान सरकार गठन भएपछि बजेट नै आएको छैन, बजेट नै नआइकन काम भए भन्नु जनतामा भ्रम सिर्जना गर्ने काम मात्र हो उनले भने । सरकार विकास निर्माणको ठूला–ठूला योजनाहरु निर्माण गरेर अघि बढिसकेकाले सरकारले केही गरेन भन्ने भ्रममा नपर्न म सबैलाई आग्रह गर्न चाहन्छु श्रेष्ठले भने ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन समोहमा लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल, लिखु तामाकोशी गाउँपालिका–७ का अध्यक्ष शिवप्रसाद न्यौपाले, वडा ७ का अध्यक्ष शुवास बोहोरा, सहकारी संघका महासचिव जेएन दाहाल लगायतका अतिथिहरुले सहकारीको बारेमा चर्चा गरेका थिए ।
यही असोज २६ गते सम्पन्न भएको संस्थाको ८ औ महाधिवेशनले सञ्चालक समिति समेत पुनर्गठन गरेको छ ।
पुनर्गगठित सञ्चालक समितिको अध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ, उपाध्यक्ष–कृष्णबहादुर श्रेष्ठ, सचिव–विष्णुप्रसाद घिमिरे र कोषाध्यक्षमा रुद्रप्रसाद अधिकारी रहेका छन् । त्यसैगरी सञ्चालक समितिका सदस्यहरुमा सरिता थापामगर, लक्ष्मीकुमारी श्रेष्ठ, सुरेन्द्र प्रसाद न्यौपाने, टेकप्रसाद अधिकारी, केशवराज अधिकारी र शरणकुमार श्रेष्ठ रहेका छन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा मुकुन्दहरी रिजाल चयन भएका छन् भने सुपरीवेक्षक समितिको सचिवमा शशिकला श्रेष्ठ र सदस्यमा नरबहादुर श्रेष्ठ रहेका छन् ।
त्यस्तै ऋण उपसमितिको संयोजकमा शरणकुमार श्रेष्ठ र उपसमितिको सदस्यमा निरबहादुर श्रेष्ठ चयन भएका छन् ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन रामेछाप प्रदेशसभा ‘क’ का संसाद शान्तिप्रसाद पौडेल र पूर्व संविधानसभा सदस्य तारानारायण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया

Add