सरकारी गाडीमा पार्टी कार्यकर्ताको मोज

 सोमवार, अशोज २९, २०७५ | onlinenews

रामेछाप– स्थानीय निकायमा आफ्नो सरकारको आडमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राज्य कोषको दुरुपयोग गरेको आवाज उठिरहेको बेला रामेछापमा सरकारी गाडीमा कम्युनिष्ट पार्टीका कार्यकर्ताले निजी सामान बोक्न प्रयोग गरेको घटना सार्वजनिक भएको छ ।
शनिबार वा सार्वजनिक विदाको दिन कुनै पनि सरकारी गाडी चलाउन नपाउने सरकारको निर्णयलाई चुनौती दिदै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का चढ्दै आएको सवारी साधनको दुरुपयोग गरिएको छ ।
सार्वजनिक विदाको दिन शनिबार बिहान प्रमुख खड्काले प्रयोग गर्दै आएको वा १ झ ९४०७ नम्वरको गाडी पूर्व एमाले पार्टी निकट अनेमसंघकी केन्द्रिय सदस्य शान्ता सापकोटालाई दशैको लागि निजी सामान लिएर घर पठाएका थिए ।
घरमा प्रयोग गर्ने सिरक, डस्ना, चामल, चिउरा लगायतका सामाग्री लिएर सदरमुकाम मन्थलीबाट सापकोटाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ स्थित घर जादै गरेको सरकारी गाडी मन्थलीको देवकोटा चोकमा ट्राफिक प्रहरीले सामान सहित गाडी नियन्त्रणमा लिएको थियो ।
यस अघि पनि प्रमुख खड्काले विभिन्न समयमा आफ्ना नेता र कार्यकर्ताहरुको सुविधाका लागि राजधानी काठमाण्डौं र जिल्ला बाहिर र भित्रका बिभिन्न ठाउँहरुमा समेत सरकारी गाडी पठाउँने गरेको कुरा सामाजिक सञ्चालमा आउने गरेको थियो ।
पार्टी कार्यकर्ताले निजी सामान बोकेको गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी गाडीको दुरुपयोग भएको भन्दै ब्यापक विरोध भइरहेको छ ।
गाडी नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले सरकारी नियमको बेवास्ता गर्दै सरकारी गाडी व्यक्तिको सुविधाको लागि प्रयोगमा ल्याउन दुःखदायी कुरा भएको बताए ।
दुर्घटना भवितव्य र सरकारी कामको सिलसिलामा बाहेक बिदाको दिनमा सरकारी गाडी चलाउने छुट कसैलाई छैन् पाण्डेले भने । जिल्ला समन्वय समितिको प्रमुख जस्तो व्यक्तिले चढ्दै आएको गाडी सार्वजनिक विदाको दिन निजी सामाग्री सहित नियन्त्रणमा लिनुपर्दा आफुलाई दुःख लागेको पनि उनले बताए ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले भने आपूm चढ्दै आएको गाडी दूरुपयोग भएको विषयमा आपूmलाई जानकारी नभएको बताए । उनले भने– यस बारेमा मलाई कुनै पनि जानकारी छैन् । गाडी चालकको तजविजले लगेको हुनसक्छ । यदि यसरी प्रयोगमा ल्याएको हो भने यो गलत काम हो उनले भने ।

प्रतिकृया

Add