रामेछापको भिरपानीमा बस दूर्घटना १ को मृत्यु २९ घाइते

 मङ्लबार, अशोज ३०, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–३ भिरपानीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ बालिकाको घटना स्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृतक बालिकाको परिचय खुल्न सकेको छैन ।
घाइते २९ जना मध्ये ५ जनाको अवस्था गम्भीर रहेको र जसमा ३ जनाको अवस्था भने चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिएका छन् ।
२९ जना घाइते मध्य १० जनालाई उपचारको लागि धुलीखेल अस्पताल पठाइएको र अन्यको सिन्धुली जिल्लाको सुनकासी गाउँपालिकामा रहेको भरोसा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट–रामेछाप जिल्लाको गाल्पा बजार जाँदै गरेको बा.३ ख ४६७५ नम्बरको यात्रु बाहक बस खाँडादेवि गालिकाको भिरपानीस्थित सार्की पधेरो भन्ने स्थानमा दुर्घटना भएको हो ।
विपरीत दिशाबाट आइरहेको सवारीलाई साइट दिने क्रममा सडक बाट खसेका सो बस सडकबाट करिब ५० मिटर तल पुगेको सूचना अधिकारी अदालतले जानकारी दिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा सुरक्षाकर्मी सहितको टोली घटना स्थलतर्फ गइरहेको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।

प्रतिकृया

Add