सबै तहमा दशैलगत्तै एकता गर्ने नेकपाको तयारी

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दशैँ लगत्तै सबै तहको एकतालाई पूर्णता दिने तयारी गरेको छ ।
जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको थियो । एकीकरणका अल्झिएका काम सक्नेबारे छलफल गर्न कात्तिक ४ र ५ गते सचिवालय बैठक डाकेको नेकपाका नेता सुवास नेम्वाङले जानकारी दिए ।
नेता नेम्वाङका अनुसार स्थायी समितिको बैठक १२ र १३ गतेका लागि बोलाइएको छ । अब बस्ने बैठकले जिल्लास्तरको एकताको टुङ्गो लगाउने र केन्द्रीय विभागहरूलाई पनि पूर्णता दिने योजना रहेको नेताहरूले जनाएका छन् ।
नेकपाले हाल प्रदेशका इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । यो निर्णयमाथि पनि वरिष्ठ नेता माधवकुमार नेपालको असहमति कायमै छ ।

प्रतिकृया

Add