बडादशैको टीका लगाउने साइत ९ बजेर ५१ मिनेट उत्तम

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

यसपालि विजयादशमीको मुख्य दिन अर्थात टीका कात्तिक २ गते शुक्रबार परेको छ । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ । यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादसैं समापन हुनेछ ।

प्रतिकृया

Add