यस वर्षको बडादशैमा प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
यस अघिका दशैहरुमा राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिने गरेका थिए । यो पटक भने प्रधानमन्त्रीले पनि घोषित रुपमा टीका लगाइदिन लागेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले बिहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बजे राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।
दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । अपरान्ह साढे ३ बजेदेखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिने छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार कार्तिक ३ गतेदेखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको छ ।

प्रतिकृया

Add