दशैं मनाउन २१ लाख भन्दा बढी यात्रु राजधानी बाहिरियो

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

काठमाडौँ उपयकाबाट दशैँ मनाउन २२ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा धेरै यात्रु बाहिरिएका हन् ।
स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाले जनाएको छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिँदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।
दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने उनको भनाइ छ । काठमाडौँबाट धेरै मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधन समेत कम चल्न थालेका छन् । अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।

प्रतिकृया

Add