पाकिस्तान विरुद्ध दोश्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १४५ रनमै अलआउट

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

पाकिस्तान विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १४५ रनमै अलआउट भएको छ ।
२ विकेटको क्षतिमा बनाएको २० रनबाट दोस्रो दिनको खेल थालेको अष्ट्रेलियाले १४५ रन बनाउँदा बाँकी सबै विकेट गुमायो । एरोन फिन्चले ३९ रन बनाए भने मिचेल स्टार्कले ३४ रन जोडे । उसका ६ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
अष्ट्रेलियालाई सस्तैमा मेट्ने क्रममा दोस्रो दिन मोहम्मद अब्बास र बिलाल आसिफले समान ३–३ विकेट लिए । समग्रमा अब्बासले १२.४ ओभरमा ३३ रन दिएर ५ विकेट लिए । पहिलो पारीमा पाकिस्तानले २८२ रन बनाएको थियो ।

प्रतिकृया

Add