भारतीय विदेश राज्यमन्त्री अकबरले दिए राजीनामा

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा दिएका छन् । उनीमाथि १५ भन्दा बढी महिलाले मिटु अभियानमार्फत यौन उत्पीडनको आरोप लगाएका छन् । राज्यमन्त्री अकबरले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले अदालतबाट न्याय लिने निर्णय लिएको छु । यसैले आफ्नो पद छोड्दैछु ।’
पत्रकारिता करियरका क्रममा प्रभावशाली सम्पादक मध्ये एक रहेको उनीमाथि सबैभन्दा पहिला वरिष्ठ पत्रकार प्रिया रमानीले ‘मीटू’ लगाएकी थिइन् । कार्यालयमा भएको यौन उत्पीडनबारे आफ्नो पुरानो लेख रिट्विट गर्दै उनले त्यो लेख एमजे अकबरबारे भएको बताएकी हुन् ।
त्यसपछि थुप्रै महिलाले आरोप लगाएका छन् । यसलाई लिएर प्रमुख विपक्षी कांग्रेसले राज्यमन्त्री अकबरको राजीनामा मागेको थियो ।
तर, अफ्रिका भ्रमणबाट आइतबार स्वदेश फर्किएका अकबरले आफूमाथि लागेको रोप झुटा र बनावटी भएको दाबी गरेका छन् । उनले आफू विरुद्ध झुटा अभियोग लगाउनेहरु विरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।

प्रतिकृया

Add