बाल विवाह गरेका एक जोडीले ६ वर्ष सँगै बस्न नपाउँने भए

 बिहिबार, कार्तिक १, २०७५ | onlinenews
Share this

भोजपुर– भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. १० भैसिपंखामा गत असोज २६ गते विवाह गरेका एका जोडिले ६ वर्षसम्म सँगै बस्न नपाउँने भएका छन् ।
बाल विवाह भएको थाहा पाएपछि श्री सगरमाथा बाल सञ्जाल भोजपुर नगरपालिकाका १० भैसिपंखाका अध्यक्ष सविन राई लगायतको टोलीले गत असोज २९ गते दुवै पक्ष राखेर छलफल गरि कानूनी रुपले विवाह गर्ने उमेर नपुगेसम्म आ–आफ्नै घरमा बस्ने निर्णय गरेको हो ।
अध्यक्ष राइका अनुसार भैसिपंखामा १४ वर्षिया केटी र २० वर्षिया केटाले विवाह गरेका थिए ।
सञ्जालको तर्फबाट विवाह सम्बन्धी छलफल गर्दा दुवै पक्षले ६ वर्षको समय अवधी सम्म आआफ्नै घरमा बस्नुपर्ने र उनीहरुलाई आवश्यकीय शिक्षा, स्वास्थ्य र खानेबस्ने लगायतका सम्पूर्ण ब्यवस्था आ–आफ्नै परिवारले गर्नुपर्ने अध्यक्ष राईले बताए ।
घरपरिवारले उनीहरुलाई कुनै किसिमको मानसिक असर पर्ने गतिविधी नगर्न र नगराउन सञ्जालको तर्फबाट आग्रहको गरिएको अध्यक्ष राईले बताए ।

Share this

प्रतिकृया

Add