भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

 बिहिबार, कार्तिक १, २०७५ | onlinenews

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ । भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।
यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ । चुनावमा ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) र ड्रुक फुन्सुम शोग–पा (डिटिपी) बीच प्रतिस्पर्धा छ । पाँच वर्षदेखि शासनमा रहेको निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बे नेतृत्वको पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) पहिलो चरणबाटै बाहिरिएको थियो ।

प्रतिकृया

Add