सरकारले कैद मिनाहा नदिएकोमा रामेछाप कारागारमा रहेका कैदीबन्दीहरुको गुनासो

 शनिबार, कार्तिक ३, २०७५ | onlinenews

रामेछाप– मुलुककै पुरानो कारागार मध्येकै एक मानिने जिल्ला कारागार शाखा रामेछापमा रहेका कैदीबन्दीहरुले चाडपर्वको अवसर पारेर सरकारले कैदी बन्दीहरुलाई कैद मिनाहा गरी जेलमुक्त गराउने कार्य यस बर्ष नगरेकोमा गुनासो गरेको छन ।
सरकारले चाडपर्व र विशेष समयमा कैद मिनाहा गरि जेल मुक्त गर्दै आएकोमा यो बडा दशैंमा कैद मिनाहा नगर्दा आपूmहरुमा निराशा छाएको कैदीबन्दीहरुले गुनासो गरेका छन् ।
बडादशै २०७५ को अवसरमा शुक्रबार कारागार शाखामा रहेका कैदीहरुलाई टीका लगाइदिन कारागार पुगेका रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासँग कैदीबन्दीले यस्तो गुनासो गरेका हुन् ।
कारागार स्थापना भएदेखि नै आन्तरिक व्यवस्थापनबाट मात्र दशैको टिका लगाउने कैदीबन्दीहरुले यसबर्ष भने पहिलो पटक प्रमुख जिल्ला अधिकारीबाट कारागार हाताभित्र नै टिका तथा जमरा लगाएका हुन ।
विभिन्न अभियोगमा कैद भुक्तान गरिरहेका कैदीहरुलाई प्रमूख जिल्ला अधिकारीले कारागारमा नै आएर टीका लगाइदिंदा आफुहरुलाई खुशी मिलेको चौकीदार रामकुमार प्याकुरेलले बताए ।
यस अघि कैदीहरु सामूहिक रुपमा भोज खाने र कारागार भित्रका व्यक्तिहरुबाट टिका लगाउँदै आएको भए पनि प्रमुख जिल्ला अधिकारी कारागारमा पुगेर कैदीहरुलाई टीका लगाइदिएको रामेछाप कारागार शाखको इतिहासमै यो पहिलो पटक हो ।
प्रमुख जिल्ला अधिकारीको हातबाट विजया दशमीको टिका जमारा थाप्न पाउँदा सबै कैदीबन्दीहरुमा खुशी छाएको चौकीदार प्याकुरेलले भनाई छ ।
प्रमुख जिल्ला अधिकारीबाट टिका लगाउन पाएकोमा खुशी व्यक्त गर्दै सरकारले विशेष अबसर पारेर लामो समय कैद भुक्तान गरिसकेकाहरुलाई कैद मिनाह गर्ने प्रचलन यस बर्ष नगरेकोमा भने चौकीदार प्याकुरेलले दःुख व्यक्त गरे ।
प्रजिअको हातबाट दशैको टिका लगाएका अर्का कैदीबन्दी देबकुमार मेहताले प्रमुख जिल्ला अधिकारी नै आएर टिका लगाइदिनु सबै बन्दीहरुका लागि खुशीको कुरा भएको बताए ।
सरकारले कैद मिनाहा गर्ने परिपाटीलाई यस बर्ष रोकेकोमा भने उनले पनि दःख प्रकट गरेका छन् । साथै उनले कैद मिनाहा गर्ने कार्यको निरन्तरताका लागि पहल गरिदिन प्रजिअ शर्मासँग अनुरोध समेत गरेका छन ।
उनले भने– बडादशैमा त सरकारले कैद मिनाहा गर्न सकेन तर गणतन्त्र दिवश या अन्य कुनै बेलामा पारेर भए पनि एक चरणको प्रक्रिया पार गरि सकेका कैदीबन्दीहरुलाई केही समयको कैद मिनाहा गरी रिह गर्ने व्यवस्था मिलाउँदा राम्रो हुन्छ ।
कारागारमा रहेका २ सय ८६ कैदी बन्दी मध्ये करिब १ सयले प्रमुख जिल्ला अधिकारीको हातबाट बडादशैको टिका लगाएका छन् ।
विभिन्न अभियोगमा कानून बमोजिमको सजाय भुक्तान गर्न घरपरिवार छाडेर आएका कैदीहरुमा पनि सामाजिक परम्परालाई निरन्तरता दिने उद्देश्यले आपूmले उनीहरुलाई टीका लगाइदिएर सम्मान प्रदान गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
कैद मिनाहा सरकारको निर्देशन बमोजिम गर्नुपर्ने भएकाले त्यसका लागि आपूmले सकेको पहल गर्ने पनि प्रजिअ शर्माले बन्दीहरुलाई आश्वासन दिएका छन ।

प्रतिकृया

Add