समाचार अपडेटः गोठगाउँ सुमो दुर्घटनामा घाइतेको संख्या ९ पुग्यो

 शनिबार, कार्तिक ३, २०७५ | onlinenews

रामेछाप–रामेछाप जिल्लाको रामेछाप नगरपालिका–१ स्थित खरानेटार र कुकुरकाटे भञ्याङको सीमानामा पर्ने भालु खोलामा सुमो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
दुर्घटनामा रामेछाप नगरपालिका–१ गोठगाउँकी ६० वर्षीय ललिमाया कार्की र ४० वर्षका दुर्गाबहादुर कार्कीको मृत्यु भएको हो । मृतक आमा छारा रहेको स्थानीय युवराज सापकोटाले जानकारी दिए ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घाइतेहरुमा रामेछाप नगरपालिका–१ गोठगाउँका नारायण सापकोटा, शान्ता सापकोटा, निर्जला सापकोटा, सार्थक सापकोटा, निरुता सापकोटा, उषा कार्की, यूनिसा कार्की, गोरे वि.क र सवारी चालक हेमबहादुर खत्री रहेका छन् ।
दशैको टिका लगाएर घर फर्किएका यात्रु लिएर रामेछाप नागारपालिका–२ कुकुरकाटे भञ्ज्याङ्गबाट, गोठगाउँतर्फ जादै गरेको ना १ ज ४८१२ नम्बरको सुमो अनियन्त्रित भएर सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
घाइतेहरुलाई सदरमुकाम मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि शानिबरा बेलुका नै काठमाडौं पठाइएको छ ।

प्रतिकृया

Add