नवलपरासीको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ जनाको सनाखत

 आइतवार, कार्तिक ४, २०७५ | onlinenews

नवलपरासी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ६ जना पुगेको छ । मृतक मध्य ५ जनाको सनाखत भएको छ । थप एक जनाको भने परिचय खुल्न सकेको छैन ।
इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।
घटनामा मृत्यु हुनेमा गुल्मीको हस्तिचौर गाउपालिका–२ घर भइ नेपाली सेनाको मोरङ लेटाङ्ग गणमा कार्यरत ३५ वर्षीय तिलक विष्ट, मोरङको सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरी घर भइ जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी र भारत बिहारका विद्यान्नद यादव रहेका छन् ।
दुर्घटनामा घाइते भएका ५८ जना मध्य ४२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा परि घाइते भएका मध्ये ४२ जनाको अवस्था गम्भिर रहेका उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको र सामान्य घाइते १६ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

Add