नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित

 बुधबार, कार्तिक ७, २०७५ | onlinenews

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन बोलाइएको बैठक भोलीका लागि सरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउसो बोलाइएको बैठक ३ बजेपछि स्थगित भएको हो । नेताहरुको व्यवस्ता भनिए पनि प्रदेश पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम दिन ढिला भएकाले बैठक सरेको बताइएको छ ।
बुधबार अधिकांश प्रदेश कमिटीका पदाधिकारीको बैठक बसेको छ । यसअघि सचिवालय बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव तोके पनि कमिटीले पूर्णता पाउन बाँकी छ ।
कार्यदलको सिफारिसका आधारमा प्रदेश कमिटीहरुले पेश गरेका नामलाई सचिवालयमा पेश गरिनेछ । प्रदेश कमिटी गठनपछि जिल्ला कमिटी एकीकरणको प्रक्रिया अघि बढ्ने महासचिव बिष्णु पौडेलले बताए । कात्तिक महिनाभित्र सबै कमिटीको एकीकरण टुंगो लगाउने तयारी नेकपाको छ ।

प्रतिकृया

Add