चिरपट प्रहार गरि छिमेकीको हत्या

 बुधबार, कार्तिक ७, २०७५ | onlinenews
Share this

भोजपुर-छिमेकीले हानेको दाउराको चिरपट लागेर भोजपुरको षडानन्द नगरपालिका ५ मुलपानी आपटारेमा एक युवकको मृत्यु भएको छ ।
पुरानो रिसइवीका कारण स्थानीय २७ वर्षीय मान हादुर मगरले २६ वर्षीय सुरेश राईलाई चिरपट दाउराले टाउकोमा प्रहार गरेका थिए ।
चिरपट प्रहारबाट गम्भिर घाइते सुरेशको संखुवासभा तुमलिङटारको मनकामना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लगि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा वाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Share this

प्रतिकृया

Add