गीत संगीतको बिकृति रोक्न कानून र सिमा हुनु पर्छ ।

 आइतवार, कार्तिक ११, २०७५ | onlinenews

रामेछापको बाम्तीमा जन्मेर नेपाली कलाकारीता क्षेत्रमा आफ्नो छुट्टै पहिचन बनाउन सफल मोडल जसले अहिलेसम्म तीन दर्जन भन्दा बढी गीत र डकुमेन्ट्रीमा अभिनय गरेकी सन्ध्या सानूसँगं हाम्रो अनलाइनका सन्तोष ढुङ्गेलले गरेको कुराकानी

तपाईंको बाल्यकाल कसरी बित्यो ?

मेरो बाल्यकाल रामेछाप बाम्तीभण्डारको सुन्दर फाँटहरुमा बितेको हो । घाँस दाउरा मेला पात पढाई नाचगान सबैको अनुभव लिदै बित्यो बालापन ।

कलाकारिता क्षेत्रमा लाग्नु भएको कति भयो ?

सानैदेखि नाच्ने गाउने गरेता पनि कलाकारीतलाई नै ब्यवसाय बनाएर लागेको चााहिँ ४ बर्ष भयो ।

आपूmलाई मोडेल भन्न मन पराउनु हुन्छ कि ग्ल्यामर ?

म आपूmलाई मोडल भन्न रुचाउछु ।

अहिलेसम्म कतिवटा गीतमा आफ्नो अभियान गर्नु भएको छ ?

अहिलेसम्म ३ दर्जन भन्दा बढि गरिसकेकी छु ।

 चलचित्रमा पनि अभिनय गर्नु भएको छ कि ?

मैले डकुमेन्ट्री मुभिमा अभिनय गरेकि छु । अनि अब ठूलो पर्दाको मुभिमा पनि काम गर्न सोच बनाएको छु ।

अहिले अलि अश्लील तरिकाले ड्रेसअप गरेर म्युजिक भिडियो बएको पाइन्छ यसलाइ कसरी लिनु हुन्छ?

हुनत अश्लिल ड्रेसअप पनि नकार्न सकिन्न तर अश्लिल अथवा धेरै तामझाम गर्ने बहानामा गीतलाई भद्दा बनाइरहेको पाइन्छ, मेरो बिचारमा यो बिषयलाई सुधार्नु पर्छ ।

 यहाँ त अभिनय कर्ता कस्ता गीत संगीत भयो भन्न अभिनय गर्न रुचाउनु हुन्छ ?

च्यmबलतष्अ आधुनिक गीतहरु एकदमै गहिरो भाब बोकेको दर्शकलाई रुवाउने , डान्स बिटको गीतहरुमा काम गर्न बढि मन पर्छ ।

 बर्तमान सांगीतिक समाजम बिकृति र बिसङ्गती बढ्दै छ यसमा तपाईंको भनाइ के छ ?

हो, बास्तवमै बिकृति बढ्दै गको पाइन्छ, गीत संगितमा पनि कानुन र सिमा हुनु जरुरी देखिन्छ

आपूmले अभिनय गरेको गीत संगितबाट समाजमा कस्तो सन्देश दिन चाहानु हुन्छ ?

जुनसुकै गीत सङ्गीतले पनि कुनै न कुनै सन्देश बोकेको हुन्छ । गीतको भाव अनुसार समाजमा साकारात्मक सन्देश जाओस् भन्ने चाहान्छु । त्यो बाहेक गीत भनेको ईन्टरनेटम्न्ट नै हुनुपर्छ ।

अन्त्यमा केही कुरा छन भने छोटकरीमा राखिदिनुस्न ?

अन्त्यमा सम्पूर्ण मेरो प्रिय दर्शक स्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, माया र साथ दिनुभाको छ र अझै पनि माया र साथ दिनुहोला नेपाली गीत सङ्गितलाई माया गरिदिनु होला भन्न चाहान्छु ।

प्रतिकृया

Add