एकीकृत अनेशि संघ रामेछापको बैठक, मंसिर भरिमा सबै पालिकाको बैठक गरिसक्ने निर्णय

 शुक्रबार, कार्तिक १६, २०७५ | onlinenews

रामेछाप- एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति रामेछापको विस्तारीत बैठक सम्पन्न भएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव तथा ३ नं. प्रदेश अध्यक्ष दुर्गासिं लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जिल्ला समितिको विस्तारित बैठकले आगामी मंसिर महिना भरि २ नगरपालिका तथा ६ गाउँपालिका समितिकोे बैठक सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
बैठकले नगरपालिका तथा गाउँपालिको बैठकको लागि कार्यतालिका समेत तय गरेको छ ।
नगर तथा गाउँपालिका समितिको बैठकको तालिका अनुसार मंसिर १४ गते सुनापाति गाउँपालिका, १५ गते दोरम्बा गाउँपालिका र १६ गते खाँडादेवि गाउँपालिकाको बैठक बस्ने छ ।
त्यसैगरी २१ गते लिखु तामाकोशी गाउँपालिका, २२ गते रामेछाप नगरपालिका, २८ गते गोकुलगंगा गाउँपालिका र २९ गते उमाकुण्ड गाउँपालिका समितिको बैठक बस्ने छ भने पौष १ गते मन्थली नगरपालिका समितिको बैठक बस्ने जिल्ला समितिको विस्तारित बैठकले निर्णय गरेको छ ।
त्यसैगरी विस्तारित बैठकले गोकुलगंगा गाउँपालका समितिको सदस्य प्रेमनारायण श्रेष्ठ अन्यत्र सरुवा भएपछि रिक्त भएको पदमा सोही पालिकाका जिल्ला समिति सदस्य लोकध्वज कार्कीलाई चयन गरेको छ ।
त्यस्तै उमाकुण्ड गाउँपालिकाबाट गुणबहादुर सार्कीलाई जिल्ला समिति सदस्यमा ल्याइएको छ भने नेपाल शिक्षक महांसंघको जिल्ला कमिटीमा बिरबल थापालाई पठाउँने निर्णण पनि विस्तारित बैठकले गरेको छ ।

प्रतिकृया

Add