केशव स्थापितको मन्त्री पद खोसियो

 शुक्रबार, कार्तिक १६, २०७५ | onlinenews

मकवानपुर– तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापिलाई पदबाट बर्खास्त गरिएको छ ।
३ नंं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमा अभद्र व्यवहार गरेको भन्दै भौतिक मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको हो ।
तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन् ।
संविधानको धारा एक सय ६९ को उपधारा २ को खण्ड ख बमोजिम स्थापितलाई पद मुक्त गरिएको प्रदेश नम्बर ३ ले जनाएको छ । स्थापितलाई बर्खास्त गरेपछि भौतिक पूर्वाधार तथा विकास मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले राख्ने भएका छन् ।
स्थापितलाई पद मुक्त गरेको चिठ्ठी तीन नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोइरालालाई बुझाइएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।
मुख्यमन्त्रीपछि दोस्रो बरियतामा रहेका मन्त्री स्थापितलाई हटाउनका लागि दुई दिन अघिदेखि तयारी गरिएको थियो । बिहीबार नै मन्त्री स्थापितलाई बर्खास्थ गरेको पत्र तयार पारेर मुख्यमन्त्री पौडेल काठमाडौं गएका थिए ।
मुख्यमन्त्री पौडेललाई मन्त्रिपरिषदको सधैँको बैठकमा मुख–मुखै लाग्ने, अभद्र व्यवहार गर्ने काम निरन्तर भएको र आफ्नो व्यवहार नसच्याएको भन्दै स्थापतिलाई बर्खास्त गरिएको पौडेलका स्वकीय सचिव अनुप पौडेलले बताए ।

पौडेलले दिएका निर्देशन नमान्ने, आफ्ना मन्त्रालयमा नबस्ने, कामको गति सारै फितलो, मन्त्रिपरिषद बैठकको मर्यादामा अपमान गर्ने पटक–पटकको व्यवहारपछि स्थापितलाई हटाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
दुईजना महिललाई यौन दुव्र्यवहार र उत्पीडनको आरोप खेपिरहेका प्रदेश नम्बर ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई पटक–पटक अभ्रद व्यवहार गरेको आरोप लगोको छ । मन्त्री भएदेखि नै मुख्यमन्त्रीको निर्देशनलाई अटेर गर्दै हिँडेका स्थापितले बुधबारको मन्त्रिपरिषद् बैठकमा पनि मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएपछि मन्त्री पदबाट हटाउने निर्णयमा पौडेल पगेका थए ।

प्रतिकृया

Add