कांग्रेस नेता चन्द्र भण्डारी डाक्टर भए: नेपालीले हामी को हौ भन्ने जवाफ खोज्नुपर्छ

 शनिबार, कार्तिक १७, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल
काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विद्याबारिधी सकेका छन् । भण्डारीले नेपाल राष्ट्र र राज्य निर्माण प्रकृयामा विश्व व्यापिकरणको भूमिका विषयमा विद्याबारिधीको सोध गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा भण्डारीले शनिबार नै आफ्नो सोधको ‘डिफेन्स’ गरेका थिए । ’डिफेन्स’ सकेसँगै त्रिविका पदाधिकारी तथा विभागका प्रमुखले बधाई ज्ञापन गरेका थिए ।
राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्व व्यापिकरणको भूमिका विषयमा भण्डारीको यो सोध सम्भवत विश्व विद्यालयकै पहिलो सोध हो । राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्व व्यापिकरणको प्रभावको विषयमा विभिन्न ७ भागमा गरिएको सोधमा विभिन्न कालखण्डको अध्ययन गरिएको छ ।
२००७ सालको जनआन्दोलन पछिको कालखण्ड, ३० वर्षीय पञ्चायती ब्यवस्था त्यस अघि र पछिको अवस्था साथै २०४६ सालदेखि २०६३ सालसम्मको अवस्थाको अध्यययन गरिएको छ ।
आफ्नो सोधमा भण्डारीले राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, भाषिक र धार्मिक विषयको अध्ययन गरेका छन् । उनको सोधमा विश्व व्यापीकरणको प्रभावले नेपालको राष्ट्र राज्य प्रकृयामा आर्थिकका केहि मानक बाहेक सबै क्षेत्रमा नकारात्मक रहेको देखिएको छ ।
नेपालको आगामि दिन अझ बढि कठिन र चुनौतिपूर्ण रहेको भण्डारीको सोधको निष्कर्ष रहेको छ ।
विद्यावारिधीको ‘डिफेन्स’ गरेसँगै कांग्रेस नेता भण्डारीले नेपालीले हामी को हौ भन्ने जवाफ नखोज्ने हो भने नेपालको सीमा रहे पनि नेपाली पन नरहने निश्कर्षमा आपूm बताएका छन् ।

प्रतिकृया

Add