जर्मन संस्था हेल्प फर रामेछापले ग¥यो विद्यालयलाई सहयोग

 आइतवार, कार्तिक १८, २०७५ | onlinenews

रामेछाप– जर्मन संस्था हेल्प फर रामेछापले रामेछाप नगरपालिका–७ शुकाजोरको गैंयाश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
संस्थाले बिद्यालयमा कम्प्युटर र इन्टरनेट जडानको लागि समेत सहयोग गरेको गैयाश्वरी आधारभूत विद्यालय शुकाजोरका प्रधानाध्यापक नारायण कार्कीले बताए ।
विद्यालयलाई हेल्फ फर रामेछापकी अध्यक्ष भेरोनिका रुपी र उनकी बहिनी बेइर्टिक्सलले सहयोग गरेका हुन् ।
जर्मन संस्थाले विद्यार्थीको चौतर्फी क्षमता विकास र दैनिक पठनपाठनलाई प्रभावकारी बनाउने उद्देश्यले पुस्तकालय सञ्चालनका लागि पनि सहयोग गरेको प्रधानाध्यापक कार्कीले बताए ।
संस्थाले आइतबार आयोजना गरेको चित्रकला प्रतियोगिताकोे अवसरमा विद्यालयलाई सहयोग गरेको हो । संस्थाले नवनिर्मित भवनको कक्षा कोठामा कार्पेट बिछ्याउनको लागि समेत सहयोग गरेको प्रधानाध्यापक कार्कीले जानकारी दिए ।
विद्यालयलाई सहयोग गरेकोमा सहयोगी जर्मन संस्था हेल्प फर रामेछापलाई प्रधानाध्यापक कार्कीले मायाको चिनो र प्रशंसा पत्र सहित सम्मान गरेका थिए ।

प्रतिकृया

Add