तासको खालबाट ३२ हजार रुपैयाँ सहित ३ जना पक्राउ

 आइतवार, कार्तिक १८, २०७५ | onlinenews

रामेछाप–जिल्ला प्रहरी कार्यालय रामेछापले तास खेल्दै गरेको अवस्थामा ३२ हजार नगद सहित ३ जनालाई पक्राउ गरेको छ ।
सुराकिको आधारमा तासको खालमा पुगेको प्रहरी टोलीले मन्थली बजारस्थित रामबहादुर पुरिको घरमा तास खेलिरहेको अवस्थामा तीजना पक्राउ गरेको हो ।
तासको खालबाट पक्राउ पर्नेहरुमा पूर्व एमाले पार्टीका रामेछाप क्षेत्र नम्बर २ का अध्यक्ष पे्रम तामाङ, तास खेलाउने घरबेटी रामबहादुर पुरी र खाँडादेवी गाउँपालिका–८ का ३३ वर्षिय रमेश तामाङ रहेका छन् ।
प्रहरीले ३२ हजार रुपैयाँ नगद ४ वटा मोवाइल सहित तीन जनालाई पक्रउ परेकोे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।
चाडवाडको बेला जुवा, तास खेल्ने र मदिरा सेवनले व्यक्तिगत सम्पत्ति नष्ट हुनुको साथै सामाजिक सुरक्षामा समेत खलल पुग्ने भन्दै प्रहरीले जुवा, तास र मदिरा विरोधी अभियान सञ्चालन गर्दै आएको छ ।
जुवा खालबाट पक्राउ परेका तीन जनालाई नै जिल्ला अदालत मन्थलीबाट कानून अनुसार दश दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक थापाले बताए ।

प्रतिकृया

Add