घरको नक्सा बनाउँदा इन्जीनियरले पैसा खाएको प्रभावितको गुनासो, भिडीयो सहित

 सोमवार, कार्तिक १९, २०७५ | onlinenews

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ भटौलीका भूकम्प प्रभावितले घरको नक्सा बनाउँदा इन्जीनियरले बढी रकम लिएको लाभग्रहीले गुनासो गरेका छन् ।
भूकम्प प्रभावितले घरको नक्शा बनाए वापत पुनःनिर्माण प्राधिकरणबाट खटिएका इन्जीनियरले बढि रकम असुलेको लाभग्राहीहरुले गुनासो गरेका हुन् ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालद्धारा सञ्चालीत भुकम्पछिको पुनःनिर्माण र पुर्नस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत भटौलीमा अयाोजना गरिएको भुकम्प प्रभावितसँगको अन्तरक्रिया कार्यक्रममा लाभग्राहीले यस्तो गुनासो गरेका हुन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निजी आवास निर्माणको अवस्था र भुकम्प पीडितहरुले भोगेका समस्याहरुका विषयमा छलफल कार्यक्रम आयोजना गरिएकोे ट्रान्सफरेन्सी इन्टरनेशनल नेपाल रामेछापका अधिकृत दिपक के.सी.ले जानकारी दिए ।
छलफल कार्यक्रममा एकल महिला, बृद्ध र अति विपन्न परिवारका २४ जनाको सहभागिता रहेको थियो । सहभागीहरुले निजी आवास निर्माणको क्रममा विभिन्न कठिनाईहरु भोग्नु परेको बताएका थिए ।
समयमा कामदार नपाउने, निमार्ण सामाग्रीमा अत्याधिक मूल्य बृद्धि, समयमा अनुदान बापतको किस्ता रकम नआउने जस्ता समस्याहरु भोग्नुका साथै राज्यबाट प्राप्त अनुदान रकम तीन लाखबाट घर पुनःनिर्माण गर्न नपुग्ने भएकाले प्रत्येक परिवालाई थप ३ देखि ५ लाखसम्म क्रण लागेको समेत गुनासो गरेका थिए ।
अति विपन्न तथा एकल परिवारले घर पुनःनिर्माणको ऋण तिर्ने उपाय समेत नभएकोले ठूलो संकटमा परेको दुःख पोखेका छन ।
सहभागी २४ जना मध्ये ११ जना सहभागीहरुले इन्जिनियरले बढि पैसा लिएको बताएका छन् । उनीहरुका अनुसार प्रतिघरको नक्शा पास बापत पाँचसय र प्राविधिकलाई छुट्टै १५ सय रुपैयाँका दरले रकम बुझाएका छन ।
नक्सा वापतको ५ सय रुपैयाँ बाहेक इन्जीनियरलाई दिएको १ हजार पाँचसय रुपैयाँ किन र के बापत लिएको हो भन्ने समेत आपूmहरुलाई जानकारी नभएको लाभवग्राहीको भनाई छ । कच्ची घरको नक्सा निःशूल्क उपलब्ध हुने तर नक्शा पास गरे वापत नगरपालिकामा जम्मा ५ सय रुपैयाँ तिनुपर्ने व्यवस्था रहेको छ ।
रामेछाप जिल्लाका ८ वटा स्थानीय तहका ६४ वडाहरु मध्ये अधिकांश वडाहरुमा पुननिर्माण प्राधिकरणका प्राविधिकहरुले भूकम्प प्रभावितहरुबाट मनलाग्दी रकम असुल्ने गरेको गुनासो बारम्बार आउने गरेको छ ।

प्रतिकृया

Add