चुनावको बेला जनतासँग गरेको बाचा पूरा गर्छु : काँग्रेस नेता कान्छाराम

 मङ्लबार, कार्तिक २०, २०७५ | onlinenews

रामचन्द्र वि.क.
रामेछाप–नेपाली काँग्रेसका नेता तथा समाजसेवी पूर्णबहादुर तामाङ कान्छारामले चुनावको बेला आपूmले जनतासँग गरेको बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
रामेछाप जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेता तामाङले निर्वाचनको बेलामा जनताको घरमा भोट माग्न जाँदा बोलेका प्रत्येक कुरा आपूmले अहिले पनि सम्झिरहेको भन्दै जनतासँग गरेको बाँचा पूरा गरेरै छाड्ने प्रतिबद्धता दोहो¥याएका हुन् ।
नेपाल तरुण दल लिखु तामाकोशी गाउँपालिका कार्यसमितिले सोमबारदेखि तिल्पङको कटहरेमा सुरु गरेको खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहलाई संवोधन गर्दै नेता तामाङले यस्तो बताएका हुन् ।
‘चुनाव ताका भोट भाग्न ग्रामिण ठाउँहरुमा पुग्दा धेरै मानिस बिरामी भएको देखेपछि यहाँका नागरिक कसरी अस्पताल पुग्छन भन्ने मलाई सोच आयो र मैले बिरामीलाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्स दिन्छु भनेको थिए उनले भने ।’
“मैले जनतासँग गरेको बाचा अनुसार जिल्लाका ग्रामिण भेगलाई मध्यनजर गरि एम्बुलेन्स वितरण पनि गरे तामाङले भने ।”
अझै पनि गाउँमा धेरै मानिसहरु अपरझट बिरामी हुँदा फोन गर्छन, हेलिकप्टर लिएर गाउँमै जान्छु उद्दार गरेर अस्पताल सम्म पु¥याउँ तामाङले भने ।
चुनावको बेला खिम्तीका जनतालाई सडक खन्ने आश्वासन दिएको भन्दै त्यो बाचा छिट्टै पुरा गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।
चुनाबमा पराजित भए पनि तामाङले व्यक्तिगत खर्चमा मन्थली नगरपालिका भित्र चल्ने गरी ६ ओटा एम्बुलेन्स वितरण गरिसकेका छन् भने अपरझट दुर्घटनामा परि घाइते हुने तथा विरामी हुने नागरिकहरुलाई हेलिकोप्टरबाट उद्दार गरी अस्पताल सम्म पु¥याएर गुण लगाउँदै आएका छन् ।

प्रतिकृया

Add