दुई दिने घुम्ती शिविरमा पाँचसयले लिए नागरिकता

 बुधबार, कार्तिक २१, २०७५ | onlinenews
Share this

रामचन्द्र वि.क.–


रामेछाप जिल्लाको पश्चिमी क्षेत्र दोरम्बा गाउँपलिकामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ ।
सेवाग्राहीको घर दैलोमै पुगेर नागरिकता प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रामेछाप र दोरम्बा गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको शिविरमा ५ सय ७ जनाले नागरिकता लिएका छन् ।
गाउँमै नागरिकता लिन पाउँदा त्यहाँका स्थनीयले खुसी ब्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयको टोली गाउँमै आएर नागरिक प्रदान गर्दा सदरमुकाम जानुपर्ने झन्झटबाट मुक्त भएको सेवाग्राही प्रमिला थापामगरले बताइन ।
आफ्नै घरआगनमा नागरिकता लिन पाउँदा नागरिकता बनाउँनकै लागि सदरमुकाम मन्थली जाँदा लाग्ने तीन दिन समय र खर्च समेत जोगिएको स्थानीको समाजसेवि कृष्ण कडेलको भनाई छ ।
नागरिकता बनाउन मन्थली जाँदा तीन दिन लाग्छ, काजगपत्र पुगेन भने कागजपत्र लिनको लागि गाउँमै आउँनु पर्दा एउटा नागरिकताको लागि एक हप्तासम्म समय खर्च हुन्छ, पैसा त्यत्तिकै खर्च, घुम्ती शिविरले स्थानीलाई धेरै सुविधा भएको छ उनले भने ।
शिविरबाट सेवाग्रहीले सहज रुपमा नागरिकता प्राप्त गर्दा आफूलाई पनि खुुसी लागेको दोरम्बा गाउँपालिका–७ का अध्यक्ष रेमबहादुर थापामगरले बताए ।
गाउँपालिकाका सबै वडा घुम्ती शिविर सञ्चालन गर्न सके गाउँपालिकाको जनताको लागि अझ सहज हुने वडा अध्यक्षको भनाई छ ।
सदरमुकाम जान समस्या हुने, बृद्धबृद्धा, अपाङ्गता र अशक्तहरुलाई लक्षित गरि नागरिकता, फोटो सहितको मतदाता नामावली लगायतका सेवा स्थानीको घरदैलोमै पुगेर दिने उद्देश्यले शिविर सञ्चालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
दोरम्बा गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिएको दुई दिने शिविरमा सोचे भन्दा बढी स्थानीयले सेवा लिएको पनि प्रजिअ शर्माले बताए ।
एकीकृत घुम्ती शिविरमा २ सय ७३ जना महिला र २ सय ३४ जना पुरुषले नागरिकता लिनुका साथै फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

Share this

प्रतिकृया

Add