महिलासँग अनैतिक सम्बन्ध राख्ने युवा प्रहरी नियन्त्रणमा

 बुधबार, कार्तिक २१, २०७५ | onlinenews
Share this

◊ राजिव कार्की


रामेछाप–रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–६ का विपिन दाहाल र एक विवाहित महिलाबीच अनैतिक सम्बन्धको विषयमा छलफल चलिरहेको बेला झडप भएको छ ।
मन्थलीको एसएस एभरग्रीन होटलमा गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काको रोहबरमा भएको छलफलमा केटा बिपिन दाहालले अनैतिक सम्बन्ध नभएको भनेपछि केटा पक्षबाट आएका ब्यक्तिहरुले केटीको कुराको सुनुवाई नै नगरि हातपात गरेको केटीपक्षको आरोप छ ।
यही कार्तिक ९ गते राति केटी महिला घरबाट बाहिर गएको थाहापाएपछि खोजतलास गर्दा लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीका विपिन दाहालसँगै अनैतिक सम्बन्ध भइरहेको बेला केटीका महिलाका परिवारले रंगेहात समातेका थिए ।
कार्तिक १० गते बिहान खिम्ती प्रहरी चौकीमा छलफल गर्ने भनेपछि केटा फरार भएका थिए । केटा फरार भएपछि कार्तिक १६ गते खड्का बिपिनको घरमा गएर बसेकी थिइन ।
मंगलबार केटा झिकाई छलफल चलिरहेको बेला झडप भएको हो । अहिले विपिन दाहाललाई प्रहरीले अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखेएको छ ।
विपिनसँग अनैनिक सम्बन्ध राख्ने महिला पनि जिल्ला प्रहरी कार्यालयमा विविनसँगै गएकी श्रोतले बताएको छ । ती महिलाको श्रीमान भने नेपाली सेनामा कार्यरत रहेको बताइएको छ ।

Share this

प्रतिकृया

Add