राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

 बुधबार, कार्तिक २१, २०७५ | onlinenews
Share this

राजिव कार्की→


रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारको समयमा राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना प्रकाशीत गरि रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी,भैलो खेल्न आग्रह गरेको हो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले तिहारको समयमा पटका, भुइचम्पा, आतासबाजी लगायतका प्रज्वलनशील तथा विस्फोटक पदार्थहरुको उत्पादन ओसार–पसार, विक्री वितरण तथा प्रयोग नगर्न पनि आग्रह गरेको छ ।
अमर्यादित कार्यबाट सर्वसाधारणलाई त्रसित बनाउने काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचनामा उल्लेख छ । चार्ड पर्वमा मनोरञ्जन गर्ने बाहनामा जुवा, तासजस्ता खेलहरु खेल्ने÷खेलाउने, अबैध मदिराको बिक्री वितरण गर्नेमाथि पनि कारवाही हुने जनाइएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मादक पदार्थको सेवनबाट झै–झगडा, हुलहुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्न सक्ने भएकोले यस्तो निर्णय गरिएको बताए ।
तिहारको समयमा म्याद नाघेका एवं गुणस्तरहीन अखाद्य बस्तुहरु बिक्री वितरण गर्ने, अस्वभाविक मूल्य बृद्धि गरि कालो बजारी गरेको पाइएमा त्यस्ता व्यवसायीमाथि पनी कारवाही हुने प्रजिअ शर्माले बताए ।
यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक यातायातमा तोकिए भन्दा बढी भाडा असुल गर्नेलाई पनि कारवाही गर्ने भएको छ । सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु बोक्ने र बढि भाडा असुल गर्ने सवारीलाई ठाउँकोठाउँ कारवाही गरिने जनाएको हो । सूचनाको बर्खिलाप गरी कसैले गलत काम गरेको पाइएमा कडा कारवाही हुने चेतावनी पनि जिल्ला प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।

Share this

प्रतिकृया

Add