लिखु तामाकोशी गाउँपालिका–४ धोबिकी झलमायाको हत्याकी आत्महत्या

 बुधबार, कार्तिक २१, २०७५ | onlinenews
Share this

रामेछाप– आत्महत्या गरेको भनिएकी रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–४ धोबी बजारकी झलमाया तामाङले आत्महत्या गरेको नभई हत्या गरिएको आशंका स्थानीयले गरेका छन् ।
झलमायाले आत्महत्या गरेको नभई हत्या गरिएको हो भन्दै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्का, सोही गाउँपालिका वडा नं. ३ का अध्यक्ष यमबहादुर महत, वडा नं. ४ का अध्यक्ष लिलाबहादुर बस्नेत सहित २ सय ३९ जना स्थानीयले संयुक्त हस्ताक्षर गरि स्थानीय प्रहरी चौकीमा उजुरी दिइएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।
धोबि बजारकी ४० वर्षिय झलमाया श्रेष्ठको शव सोमबार उनकै घरको धुरीबलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
हत्या गरि झुण्ड्याइएको भन्दै मृतकको पति धननारायण श्रेष्ठ र त्यहीको स्थानीय गोपिनी कार्की विरुद्ध गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का सहितको २ सय ३९ जना स्थानीयले प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।
मृतक महिलाले मृत्यु हुने अघिल्लो दिन पतिले कुटपिट गरी मार्न खोजेको भन्दै बचाउन बजारमा हारगुहार गरेको स्थानीयले बताएका छन् । स्थानीयको अनुसार पतिले मार्न सक्ने भन्दै आपूmलाई बचाई दिन झलमायाले स्थानीयलाई अनुरोध गरेकी थिइन् ।
मृतक महिलाले छीमेकीसँग सहयोग मागेको स्थानीले बताए पनि प्रहरी कार्यालयमा उजुरी भने नदिएको जिल्ला प्रहरी कार्याल रामेछापका सूचना अधिकारी शेख अदालतले बताए ।
गाउँपालिका अध्यक्ष सहितको स्थानीयले उजुरी दिएपछि आरोपीत धननारायण र गोपिनीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई जना मिलेर उनको हत्या गरेको भन्दै स्थानीयबासीले उनीहरुलाई कालोमोसो लगाउन खोजेपछि सुरक्षाको लागि पनि उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टमा रिपोर्ट भने आत्महत्या गरेको भनि आएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । शवको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा पोष्टमार्टम गरिएको हो । पीडित परिवारले शव बुझ्न मानेका छैनन् । झलमायाको हत्या गरिएको दावि गर्दै घटनाको गहिरो अनुसन्धान गर्नुपर्ने गाउँपालिका अध्यक्ष खड्काको भनाई छ ।

अभियुक्तलाई प्रहरीले उन्मुक्ति दिन खोजेको भन्दै स्थानीयले सरदमुकाम मन्थलीमा नाराजुलुस समेत गरेका छन् हेर्नुहोस् भिडियोमा

https://youtu.be/zi6n02RvKWU

Share this

प्रतिकृया

Add