अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी तिल्पुङ्गलाई

 बिहिबार, कार्तिक २२, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल→


रामेछाप–रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्ग कटहरेमा सञ्चालन गरिएको अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको प्रमथ पुरस्कार तिल्पङ्ग युवा समाजले जितेको छ ।
नेपाल तरुण दल लिखु तामाकोसी गाउँपालिकाको आयोजनामा यही कार्तिक १९ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको भलिबल प्रतियोगितामा १३ टिम लेखाडीले सहभागिता जनाएका थिए ।
१३ टिम मध्य लिल्पुङ्ग युवा समाज प्रथम, नेपाल तरुण दल खिम्ती द्धितीय र रातमाटा मगर समाज तृतीय भएका छन् भने सिरिसे युवा समाज सैपुले शान्तोना पुरस्कार पाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार, नगद ३५ हजार, द्धितीय नगद २० हजार र तृतीय पुरस्कार नगद १५ हजार रुपैयाँ तथा शिल्ड मेडल र प्रमाण–पत्र रहेको थियो । त्यसैगरी सान्तोना पुरस्कार ५ हजार रुपैयाँ रहेको थियो ।
प्रतियोगिता सकिएपछि एक औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिएको थियो ।
धनबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नेपाली काँग्रेस रामेछापका जिल्ला सदस्य भोजराज खड्का ‘सुन्दर’ले खेलाडीहरुलाई नगद पुरस्कार साथै शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता खड्काले वर्तमान सरकार दुई तिहाइको दम्भ देखाउँदै हिडेको बताए । सरकारले दुई तिहाइको दम्भ देखाए पनि जिल्लामा अरिङ्गालले टोकेकादेखि विभिन्न दुर्घटनामा परेका विरामी तथा घाइतेलाई भने नेपाली काँग्रेसका नेता कान्छाराम तामाङ हेलिकप्टर लिएर गाउँगाउँमा पगेर उद्धार गर्नु परेको बताए ।
साथै खेलकुदको माध्यमद्वारा युवाहरुको खेलप्रतिको आकर्षण बढाउन नेपाली काँग्रेस सधै तयार रहेको पनि उनले बताए ।

प्रतिकृया

Add