आज नेपाल सम्बतको नयाँ वर्ष रामेछापमा ¥याली निकालियो

 बिहिबार, कार्तिक २२, २०७५ | onlinenews

रामेछाप-आजबाट नेपाल सम्बत ११३८ सकिएर ११३९ मा प्रवेश गरेको छ । राष्ट्रिय विभूति शंखधर शाख्वाले ९३७ सालमा गरिब नागरिकको ऋणमोचन गरी नेपाल सम्बतको शुरुवात गरेका थिए ।
नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको नेपाल सम्बतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।
नेपाल सम्बत ११३९ को अवसरमा रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शान्ति ¥याली निकालिएको छ । नेपाल सम्बतको अवसरमा नेवा खल रामेछाप र नेवा दवु, नगर कमिटी मन्थलीले संयुक्त रुपमा ¥याली निकालेको हो ।
विगत वर्षहरुमा नेपाल सम्भव निकै रमझमका साथ मनाउने गरिएकोमा यस वर्ष नेपाल सम्वतका अभियन्ता पद्यमरत्न तुलाधरको निधनको कारण शोकको आवस्था रहेकाले शान्ति ¥यालीमात्र निकालिएको नेवा खल रामेछापका सचिव शेखरमान श्रेष्ठले बताए ।
सदरमुकाम मन्थलीस्थित देवकोटा चोकबाट निकालिएको ¥याली मदनआश्रीत चोक हुँदै मन्थली बजार परिक्रममा गरि पुनः देवकोटा चोकमा आएर कोणसभमा परिणत भएको थियो ।
कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवशंकर पौडले, नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ, नेपाली काँग्रेसका नेता तथा तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्य लगायतले संवोधन गरेका थिए ।

प्रतिकृया

Add