अञ्जली दिदीको हातबाट २ सय जनाले लगाए भाइटीका

 शुक्रबार, कार्तिक २३, २०७५ | onlinenews

सबैको साझा दिदीको रुपमा परिचीत अञ्जली दिदीले यस वर्षको तिहारमा २ सय जनालाई भाइटीका लगाइदिनु भएकी छ । ददीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई अञ्जली मास्केले भाइटीका लगाइदिने गरेकी छन् ।
अञ्जली दिदीले सगुन भने २०८ जनालाई तयार गरेकी थिइन । वि.सं. २०५५ सालदेखि अञ्जली दिदी र अञ्जली दिदीकी दिदी रेणु मास्के प्रधान मिली सामूहिक भाइटीका लगाउँदै आएका छन् ।
मास्केका हातबाट टीका लगाउन नेपाली साथै र विदेशी नागरिक समेत पुगेका थिए । मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन ।

प्रतिकृया

Add