युवती भगाएको विषयलाई लिएर दोहोरो झडप, ८ घाइते

 शनिबार, कार्तिक २४, २०७५ | onlinenews

राजिव कार्की→


रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका–७, भटौलीमा युवती भगाएर विवाह गरेको विषयमा दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । घाइते आठै जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शेख अदालतले जानकारी दिए ।
घाइते हुनेहरुमा सन्तोष माझी, पूर्णवहादुर माझी, समिर माझी, मिलन माझी, सन्तोष माझी, खेमबहादुर माझी, सोममाया माझी र चन्द्रमाया माझी रहेका छन् ।
घाइते सबैलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये धेरैको टाउकोमा चोट लागेको छ ।
घटनापछि बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुमध्ये ४ जनालाई सिन्धुलीको खाल्टेबाट पक्राउ गररिएको र ४ जनालाई आफ्नै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
स्थानीय युवतीलाई भगाएर विवाह गरेको विषयमा दुई पक्षबीच भएको विवादले उग्र रुप लिएपछि दोहोर झडप भएको स्थानीयको भनाई छ ।

प्रतिकृया

Add