झलकमायाको हत्या अभियोगमा २ जनामाथि किटानी जाहेरी

 बुधबार, कार्तिक २८, २०७५ | onlinenews

रामेछापः रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–३ कि झलकमाया श्रेष्ठको हत्या अभियोगमा स्थानीयले मृतकको श्रीमान धननारायण श्रेष्ठ र छीमेकी गोपीनी कार्कीको नाममा किटानी जाहेरी दिएका छन् ।
लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काको नेतृत्वमा करिब ३ सयको संख्यामा नाराजुलुुस सहित आएका स्थानीयले जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दर्ता गराएका हुन् ।
यही कार्तिक १९ गते ४० वर्षिय झलकमायाको आफ्नै घरको धुरी बलोमा झण्डिएको अवस्थामा लास फेला परेको थियो ।
झलकमायाले आत्महत्या गरेको नभई उनको श्रीमान र छीमेकी गोपिनी कार्कीले नै हत्या गरेको दावि गर्दै दोषिमाथि कारबाही गर्न स्थानीयले माग गरेका छन् ।
झलकमायाको शव पोष्टमार्टम गर्दा आत्महत्या गरेको रिपोर्ट आएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा पोष्टमार्टम गर्दा आत्महत्याको रिपोर्ट आएपछि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याएर शवको पुनः पोष्टमार्टम गरिएको थियो ।
शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्ट पनि आत्महत्या गरेको भनि आएपछि पोष्टमार्टमको रिपोर्ट गलत आएको भन्दै लिखु तामाकोशीका स्थानीय आन्दोलीत भएका हुन् ।
किटानी जाहेरी दिन आएका स्थानीयले नाराजुलुस सहित मन्थलीको देवकोटाचोकमा कोणसभा समेत गरेका थिए ।
कोणसभालाई संवोधन गर्दै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले झलकमायाको सुनियोजित ढंगले हत्या गरिएको आरोप लगाए । उनले भने ‘यो आत्महत्या नभई हत्या नै हो, तर चिकित्सक र प्रहरीको मिलेमतोमा ढाकछोप गर्न खोजियो ।’
मृतककी छोरी तारा श्रेष्ठले भक्कानिदै भनिन्– ‘मेरी आमाले अत्महत्या गरेको नभई बुबा र गोपीनी कार्कीले नै हत्या गरेका हुन् ।’ उनले थपिन– ‘न्यायलयले हामीलाई न्याय देओस् ।’

नेपाली काँग्रेस रामेछापका जिल्ला समिति सदस्य भोजराज खड्काले झलकमायाको मृत्यु प्रकरणको गहिरो अनुसन्धान गर्नुपर्ने बताएका छन् । सो घटनाको बारेमा प्रहरीले लापर्वाही गरेको खड्काको आरोप छ । घटना प्रकृति हेर्दा झलकमायाले आत्महत्या गरेको हुन नसक्ने पनि उनले बताए ।

प्रतिकृया

Add